संघिय संसदमा जस्तै बागमति प्रदेशमा पनि बितण्डा
काठमाडौँ – संघिय संसदमा जस्तै नेकपा एमालेले बागमती प्रदेशमा पनि बितण्डा प्रस्तुत गरेको छ ।संघिय संसद निरन्तर अबरुद्ध गरेर उड़दन्ड़ता देखाएको एमालेले बागमती प्रदेशसभाको बैठक अवरुद्ध गरेर अर्को बितण्डालाई निरन्तरता दिएको हो । बागमती प्रदेशसभाको बैठक सुरु भएलगत्तै नेकपा (एमाले) ले अवरोध गरेपछि बागमती प्रदेशसभाको बैठक केही समयका लागि स्थगन गरिएको छ ।
सरकारले प्रस्तुत गरेको आगामी आर्थिक वर्ष २०७९र८० को नीति तथा कार्यक्रममाथि छलफल गर्न बसेको बैठक सुरु भएलगत्तै एमालेका सांसदले उठेर विरोध जनाएका थिए । त्यसपछि सभामुख सानुकुमार श्रेष्ठले एमालेका मुख्य सचेतक दीपक निरौलालाई आफ्ना भनाइ राख्न समय उपलब्ध गराए ।
मुख्य सचेतक निरौलाले पशुपन्छी तथा मत्स्य विकास केन्द्रका तीन कर्मचारीलाई वर्तमान सरकारले आफू अनुकूल नभएकाले सरुवा गरेको भन्दै विरोध जनाए । उनले घटनाको सत्यतथ्य छानबिन गर्न सर्वपक्षीय छानबिन समिति गठनको प्रक्रिया अघि नबढाउञ्जेल संसद्मा अवरोध कायमै राख्ने बताएपछि सभामुख सानुकुमार श्रेष्ठले बैठक १० मिनेटका लागि स्थगन गर्नु परेको हो ।