पश्चिममेलीले लेराएको बजेट पश्चिममै सक्काए कोसिपारी पुक्दा ब्रिफकेस रित्तियो: गगन थापा
काठमाडौँ- नेपाली कांग्रेसका सांसद गगन थापाले पश्चिममेलीले लेराएको बजेट पश्चिममै सकेको भन्दै अर्थमन्त्री जनार्दन शर्माको कटाक्ष गरेका छन् । उनले पश्चिमबाट आएको बजेट पश्चिममै सकेको र कोसिपारिलाई देख्दै नदेखेको भन्दै प्रतिनिधी सभाको आजको बैठकमा अर्थमन्त्री शर्माको कटाक्ष गरेका हुन्।
बजेटले पश्चिम राम्रै देख्यो कोसिपरी आईपुक्दा, ब्रिफकेस नै रित्तिएको उनको आरोप छ। सरकारको आगामी वर्षको बजेटमा राम्रा योजना हुँदाहुँदै पनि प्रश्न उठ्ने ठाउँ रहेको समेत बताएका हुन् । थापाले बजेटले वैदेशिक व्यापार घाटा घटाउन र कृषि प्रवर्द्धन गर्नका लागि राम्रा योजना ल्याएको भए पनि पारदर्शिकता सन्दर्भमा प्रश्न उठ्ने बताए ।
प्रतिनिधिसभाको बैठकमा बजेटमाथिको छलफलमा भाग लिँदै थापाले भने, पूर्ववर्ती सरकारले बजेट ल्याउँदा हामीले प्रश्न गर्यौं( यो बजेटको नारा समृद्ध झापा, सुखी झापाली हो ? । यसपटक मानिसहरूको भनाइ के छ भने( पश्चिमबाट बजेट आयो, पश्चिमतिरै सकियो । यसले कोसीपारि देख्दै देखेन । बजेटले योजनाहरु ठूला नेताका निर्वाचन क्षेत्रमा खन्याएको र अरु क्षेत्रमा बजेट जानु भनेको भाग्यचिठ्ठा परेजस्तो हुने गरेको उनको टिप्पणी थियो ।
थापाले सरकारका मन्त्री र दलका शक्तिशालीहरूको निर्वाचन क्षेत्रमा बजेट खन्याएको होइन भनेर कसरी भन्न सक्ने हो रु भनेर पनि प्रश्न गरेका छन् । उनले विद्युतीय सवारीमा लगाइएको करबारे पनि प्रश्न गरेका थिए । त्यो कर लगाउनका लागि ऊर्जा मन्त्रालयले भनेको हो कि अर्थमन्त्री आफैले कर लगाएको हो भनेर प्रश्न गरेका छन् । ऊर्जा मन्त्रालयले योभन्दा बढीको, महँगो गाडीहरूलाई यसरी कर लगाउनुपर्छ भनेर मागेको हो वा अर्थ मन्त्रालयले गरेको हो ?
काठमाडौंबाट चितवन १ घण्टामा पुग्न फास्ट ट्र्याक निर्माणको योजना कसरी परेको हो भनेर पनि थापाले प्रश्न गरेका थिए । भौतिक योजना तथा यातायात मन्त्रालयका कर्मचारीले उक्त योजनाबारे आफूहरूलाई थाहा नभएको भन्ने जवाफ दिएको भन्दै थापाले सोधे, चितवन जाने फास्ट ट्र्याकका बारेमा यातायात मन्त्रालयका कसैलाई थाहै छैन । लगानी बोर्डले पैसा जुटाए पनि योजना त भौतिक पूर्वाधार मन्त्रालयबाट सुरु हुने होला । मन्त्रालयहरूले ल्याएको कार्यक्रम समायोजन गर्ने हो कि अर्थ मन्त्रालयले कतिपय सन्दर्भमा त्यसका आधारभूत कुराहरूलाई बदल्ने हो ?
बजेटले कृषिमा राम्रा योजना ल्याएको थापाको भनाइ थियो । उनले अब कृषि मन्त्रालयको संस्थागत सुधारमा ध्यान दिन अर्थमन्त्रीलाई सुझाव दिएका छन् । कतिपय योजना प्रदेशमा पठाउने भनिएको तर विगतमा प्रदेशमा पठाइएका योजनाको अवस्था कस्तो छ भनेर बुझ्न पनि उनले सरकारलाई सुझाव दिएका छन् ।
बजेटबारे उनको भनाइ थियो, उत्पादन वृद्धिका सन्दर्भमा ठीक छ । छरिएका कार्यक्रम एक ठाउँमा ल्याउनुपर्छ । भाटभटेनीजस्ता ठूला मार्टमा कम्तीमा २० प्रतिशत ठाउँ नेपाली उत्पादन राखेको हुनुपर्छ भन्नुपर्छ । व्यापार घाटा घटाउने दिशामा बजेट सही छ ।