नेकपाकाे पत्रकार सम्मेलन सुरु

शुक्रबार, २० जेष्ठ २०७९

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टीकाे भर्खरै सम्पन्न १३औं केन्द्रीय समिति बैठकले गरेका निर्णयहरु सार्वजनिक गर्न आयाेजित पत्रकार सम्मेलन सुरु भएकाे छ ।

सांस्कृतिक प्रतिष्ठान (राष्ट्रिय नाचघर) जमलको ठूलो हलमा सम्मेलन सुरु भएकाे हाे । उक्त पत्रकार सम्मेलनमा पार्टी महासचिव विप्लव र प्रवक्ता खड्क बहादुर बिस्वकर्मा (प्रकाण्ड)ले सम्बाेधन गर्ने छन ।

उक्त पत्रकार सम्मेलनकाे माेटिभेट न्युजले प्रत्यक्ष प्रसारण गरिरहेको छ । बैठक जेठ १२ गतेदेखि १७ गतेसम्म उदयपुरमा बसेको थियो ।