घनश्याम भुसाललाई कारवाही हुने भएपछि मैदानमा उत्रिए योगेश भट्टराई

आइतबार, २२ जेष्ठ २०७९

काठमाडौँ – नेकपा (एमाले)को अनुशासन आयोगले स्थायी समिति सदस्य घनश्याम भुसालमाथि कारवाही सिफारिस गरेको छ । आयोगको सिफारिसप्रति लक्षित गर्दै सचिव योगेश भट्टराईले असन्तुष्टि जनाएका छन् ।

उनले आवेग र उत्तेजनामा गरिने क्रिया प्रतिक्रियाले सही ठाउँमा नपुर्‍याउने बताए।

‘सामाजिक सञ्जालमा उनी लेख्छन्, ‘अप्ठ्यारो बेलामा सबै समालिनु पर्छ । आवेग, उत्तेजना र आग्रहमा गरिने कुनै पनि क्रिया र प्रतिक्रियाले सहि ठाउँमा पुर्‍याउँदैन। फेरि पनि बादे बादे जायते तत्व बोध।’

स्थानीय तहको निर्वाचनपछि एक अन्तर्वार्तामा भुसालले पार्टी नेतृत्वले गलत नीति लिँदा निर्वाचनमा एमालेले पराजय व्यहोर्नुपरेको भन्दै आलोचना गरेको भन्दै शनिबार अनुशासन आयोगले कारवाही सिफारिस गरेको थियो ।