पूर्वराजा ज्ञानेन्द्रलाई पर्यो महत्वपूर्ण चिठ्ठा, मोदी बने कारण

आइतबार, २२ जेष्ठ २०७९

काठमाडौं – पूर्वराजा ज्ञानेन्द्र शाहलाई चिठ्ठा परेको छ । गद्दीविहीन अवस्थामा रहेका शाहलाई सरकारले नेपालको मर्यादाक्रममा समावेश गरेपछि चिठ्ठा परेको हो ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पूर्वराजा ज्ञानेन्द्रलाई भेट्न मर्यादाक्रम खोजेपछि स्थिति असहज बनेको थियो । ज्ञानेन्द्रको मर्यादाक्रमबारे चौतर्फी चासो राखेपछि सरकार छैटौं मर्यादाक्रममा राख्न बाध्य भएको हो ।

सरकारले तयार गरेको नयाँ मर्यादाक्रम सूचीमा पूर्वराजालाई पूर्वराष्ट्रपतिसँगै राख्ने अन्तिम तयारी भएको छ । गृहमन्त्रीमा बालकृष्ण खाँड आएपछि गत पुस २० गते मर्यादाक्रम तोक्न सहसचिव शिवराम पोखरेलको संयोजकत्वमा पाँच सदस्यीय समिति गठन गरेका थिए । समितिले गते चैत ७ गते मर्यादाक्रम तयार गर्दै प्रतिवेदन बुझाएको थियो ।

नयाँ मर्यादाक्रमको पहिलो सूचीमा राष्ट्रपति, दोस्रोमा उपराष्ट्रपति, तेस्रोमा प्रधानमन्त्री, चौथोमा प्रधानन्यायाधीश र पाँचौँमा प्रतिनिधिसभाका सभामुख तथा राष्ट्रियसभाका अध्यक्ष, छैटौँमा पूर्वराजा, पूर्वराष्ट्रपति, उपप्रधानमन्त्री, पूर्वउपराष्ट्रपति, पूर्वप्रधानमन्त्री, मन्त्रिपरिषद्का पूर्वअध्यक्ष रहने व्यवस्था गर्न लागिएको हो ।

सरकारले पूर्वराष्ट्रपति सरह राजालाई सुविधा दिदै आएको छ । उनको सुरक्षामा सुरुमा सैनिक अधिकृतहरु राखिए पनि पछि हटाएर सशस्त्र प्रहरी राखिएको थियो । १५ जना सशस्त्र प्रहरीले उनको सुरक्षा दिइरहेका छन् ।

उनलाई यो मर्यादाक्रममा समावेश गरेपछि अब मोदी शाहलाई भेट्न राजी भएको पूर्वराजावादीहरुले बताउने गरेका छन् ।