साँझापख यस्तो ठाउँमा भेटिन्छन् ऋषि धमला !
काठमाडौँ – चर्चित पत्रकार ऋषि धमला प्रायजसो साँझपख खुमलटारमा भेटिन्छन् । शुक्रबार बेलुकी ७ बजे पनि धमला प्रचण्ड निवास खुमल्टार पुगेका थिए ।
उनी नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेटघाट गर्न साढे ६ बजे नै खुमल्टार पुगेका थिए ।
दाहाल र धमलाबीच पौने ७ बजेदेखि पौने ८ बजेसम्म भेटघाट भएको बताइन्छ । केही साताअघि पनि धमला यसैगरी त्यहाँ पुगेका थिए ।
धमला हिँडेपछि अध्यक्षसँग भेट्न सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्की पुग्नुभयो । उहाँ अस्ति राति १० दिनको विदेश भ्रमणमा अफ्रिकी मुलुक रुवाण्डा जानुभएको छ ।
सोही दिन दिउँसो दाहाल निवासमा जनता समाजवादी पार्टीका नेता हरिनारायण रैनियार पनि पुग्नुभएको थियो । उहाँहरुबीच दिउँसो साढे १२ बजेदेखि एक घण्टा वार्ता भएको हो ।