आफ्नै पार्टी नेतृत्वको सरकारलाई निकम्मा भन्दै गगन थापाले संसदबाट दिए यस्तो कडा चेतावनी
काठमाडौं नेपाली कांग्रेसका सांसद तथा महामन्त्री गगनकुमार थापाले आफ्नै पार्टी नेतृत्वको सरकारलाई निकम्मा भएको आरोप लागाएका छन् । एक महिनाभित्र सवारीसाधनमा इम्बोस्ड नम्बर राख्न भनेर सरकारले गरेको ताकेता नागरिकमाथिको अत्याचार भन्दै यस्ता निकम्मापनलाई तत्काल पुनर्विचार गर्न आग्रह गरेका छन् ।
प्रतिनिधिसभाको सोमबारको बैठकको सुरूमै सभामुखसँग समय लिएर बोल्ने क्रममा सांसद थापाले सरकारले गरेको अपारदर्शी निर्णय र निकम्मापनको सजाय नागरिकलाई दिन खोजिए यसको अवज्ञा हुने बताए ।
सांसद थापाले इम्बोस्ड नम्बरको काम गर्ने कम्पनी असफल भइसकेको र निकै महँगोसमेत रहेको भन्दै यसबारेमा गम्भीर हुन सरकारलाई आग्रह गरे । उनले सस्तो, सुविधाजनक ढंगले काम हुनुपर्ने भन्दै नागरिक तर्साउने काम बन्द गर्न चेतावनी समेत दिए