बालेन शाहको काममा अवरोध गर्ने कांग्रेस नेता पक्राउ
काठमाडौं – काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहको काममा अवरोध गर्ने नेपाली कांग्रेसका एक नेतालाई प्रहरीले पक्राउ गरेको छ । फोहोर व्यवस्थापन गर्ने कार्यमा अबरोध सिजना गर्ने कांग्रेसका नेता श्रीराम ढुंगानालाई प्रहरीले पक्राउ गरेको हो ।
सोमबार सहरी विकास मन्त्रालयमा सरोकारवाला जनप्रतिनिधिहरूको रोहबरमा भएको सहमति अनुसार मंगलबार बिहानै फोहोर बोकेर बञ्चरेडाँडा पुगेका सवारीसाधान नेपाली कांग्रेसका नेता ढुंगानाको नेतृत्वमा अबरोध भएको ।
प्रहरीले केहीबेरअघि ढुंगानासहितका ११ जनालाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय रसुवाले जनाएको छ । यसअघि काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र साह र उपप्रमुख सुनिता डंगोलसहितको टोली सिसडोल र बञ्चरेडाँडामा पुगेको दिन नै कांग्रेस नेता ढुंगानाले फोहोर व्यवस्थापनमा आफूले अबरोध गर्ने घोषणा नै गरेका थिए ।
उनले आफू पनि यही ठाउँमा जन्मिएको मान्छे भएकाले फोहर व्यवस्थापनका बारेमा मागहरू राख्न पाउने भन्दै भाषण समेत गरेका थिए । उनले तीनपिप्लेदेखि बञ्चरेडाँडासम्म सडकमा परेको जग्गाको पनि मुअब्जा पाउनुपर्ने नयाँ माग थपिएको र त्यसो नहुँदासम्म आफू एक्लैले भए पनि फोहोर रोक्ने घोषणा गरेका थिए ।