कस्तो मौद्रिक नीति चाहनुहुन्छ ? राष्ट्र बैंकले माग्यो सुझाव

बुधबार, २५ जेष्ठ २०७९

काठमाडौं – नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्ष २०७९/८० को मौद्रिक नीतिका लागि सुझाव मागे गरेको छ । एक सूचना जारी गर्दै बैंकले इमेल वा सिधा टेलिफोनमार्फत सुझाव दिन भनेको छ ।

मौद्रिक नीतिको तयारी गरिरहेको राष्ट्र बैंकले सर्वसाधारण तथा सरोकारवाल सबैसँग सुझाव मागेको हो ।सुझावहरु राष्ट्र बैंकको आर्थिक अनुसन्धान विभागको इमेल monetarypolicy@nrn.org.np मा पठाउन सकिने भएको छ ।

त्यस्तै, ०१–४४१७४९७ मा फोन मार्फत र ०१–४४३३३६५ मा फ्याक्स गरेर समेत मौद्रिक नीतिका लागि सुझाव टिपाउन सकिने राष्ट्र बैंकले जनाएको छ । नेपाल राष्ट्र बैंकले नेपाल सरकारले ल्याएको बजेटका लक्ष्यहरु कायम गर्ने गरी हरेक वर्ष मौद्रिक नीति ल्याउने गर्छ ।