हेर्दा हेर्दै टुकुचा खोलाले चालकसहितको मोटरसाइकल बगायो !

बुधबार, २५ जेष्ठ २०७९

काठमाडौं – काठमाडौंको लाजिम्पाटस्थित निल सरस्वतीस्थान नजिकबाट टुकुचा खोलाले चालकसहित मोटरसाइकल बगाएको छ । वर्षाका कारण बहाव बढ्दा बागमती प्रदेश–०२–०१३ प २५८८ नम्बरको मोटरसाइकल चालकसहित बगाएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी दिनेशराज मैनालीले बताएका छन्  ।

धापासी घर भएका २१ वर्षका मोटरसाइकल चालक सुरज अर्याललाई सकुशल उद्दार गरिएको छ । बगाएको मोटरसाइकल फेला नपरेको एसपी मैनालीले जानकारी दिए ।