गैरआवासीय नेपाली संघ अमेरिका ओहायो च्याप्टरद्वारा बनभोज कार्यक्रम सम्पन्न

बिहिबार, २६ जेष्ठ २०७९

काठमाडौँ – गैरआवासीय नेपाली संघ ओहायो च्याप्टरद्वारा अमेरिकाको ओहायो राज्य स्थित बल्याकलिक उड्स मेट्रो पार्कमा जुन ५, २०२२ मा पहिलो पटक वनभोज तथा नेपाली सस्कृति झल्कने विभिन्न मनोरञ्जनात्मक कार्यक्रम भब्यताका साथ सम्पन्न भएको छ। यस कार्यक्रममा ओहायोका विभिन्न शहरबाट विभिन्न संघसंस्थामा आबद्ध नेपाली र नेपाली भाषिहरूको उल्लेख्य उपस्थिति थियो।

उक्त कार्यक्रमको संयोजन कमिटीका सबै सदस्यहरूको सहयोग र अध्यक्ष मोहन न्यौपानेको निर्देशनमा च्याप्टरका कोषाध्यक्ष होता राम विश्वकर्मा र सह–सचिव लोकेन्द्र प्रसाद देबकोटाले गरेका थिए भने कार्यक्रम संचालन कोषाध्यक्ष स्वयम् आफैले गरेका थिए ।

कार्यक्रममा च्याप्टरका उपाध्यक्ष अबिचन्द्र दहालले स्वागत मन्तव्य राखेका थिए भने ल्च्ल्ब् ग्क्ब् ल्ऋऋ का उपाध्यक्ष गोपेन्द्र भट्टराईले ल्च्ल्ब् ग्क्ब् ल्ऋऋ को महत्व तथा भईरहेका गतिविधिको बारेमा प्रष्ट पारेका थिए । कार्यक्रमलाई सफल पार्नको निम्ति च्याप्टरका युवा संयोजक तथा लक्ष्मी ज्वयलर्सका मालिक भिषन अधिकारीले विशेष भुमिका खेलेका थिए ।

आर्थिक संयोजनमा च्याप्टरका सदस्य डिल्ली केरूङ र सचिव रिद्दि खड्का खटेका थिए भने अन्य सहयोगीको रूपमा च्याप्टर महिला संयोजक बिनिता आचार्य, सदस्य हरिहर दहाल र अन्य संगठनका शुभचिन्तकहरू क्रमसः, सन्तोषी खड्का, निर्मला लुईटेल, देबका कडेल, एलिशा ढकाल र सागर चापागाईंले महत्त्वपूर्ण भुमिका खेलेका थिए ।

कार्यक्रमलाई मनोरञ्जनात्मक बनाउनको निम्ति आरति शर्मा र अनुष्का शर्माले नृत्य प्रस्तुत गरेका थिए । स्थानीय गायक हस्त देवले गित प्रस्तुत गरेका थिए । अनुज दहाल र ओएसिस न्यौपानेले विशेषगरी बच्चाहरूलाई केन्द्रित गरि बिभिन्न खेल खेलाएर कार्यक्रमलाई थप विशेष बनाएका थिए ।

कार्यक्रममा ड्रर्यागन एक्सप्रेस किचेनले स्वादिष्ट भोजन उपलब्ध गराई सहयोग गरेको थियो भने संगठनका शुभचिन्तक बिक्रम तामाङले फोटोग्राफर गरि सहयोग गरेका थिए ।

अन्त्यमा च्याप्टरका अध्यक्ष मोहन न्यौपानेले नृत्य र गायनमा भाग लिने र खेल संयोजन गर्ने सबैलाई पुरस्कार वितरण गरेका थिए । सचिव रिद्दि खड्काले आफ्नो मन्तब्य राख्दै कार्यक्रम समापन गरेका थिए ।