घमण्ड नगर

आइतबार, ८ साउन २०७९

काठमाडौँ – एउटा रेस्टुरेन्टमा धेरै पटक एकजना ब्यक्ति आउँछ । भिड भाडको फाइदा उठाउदै खाना खाएर चुपचाप त्यहाँबाट पैसा नदिइ जान्छ ।

एकदिन उसले खाना खाइरहेको बेला एउटा मान्छेले लुकेर रेस्टुरेन्ट मालीकलाई भन्यो, ‘उ त्यो खाना खाइरहेको मान्छेले खाना खान्छ र पैसा नदिइ भिडभाडको फाइदा उठाएर बिल नतिरी जान्छ ।’

उसको कुरा सुनेर रेस्टुरेन्टको मालिक मुस्कुराउँदै भने, ‘उसलाई केहि नभनी जान देउ, म उसको बारेमा तिमिसँग पछि कुरा गर्छु ।’ सधैं झैं बिहानको खाना खाएर उसले चारैतिर हेर्यो र भिड्भाडको फाइदा उठाउदै सुटुक्क त्यहाँबाट गयो।

उ गएपछि उस ब्यक्तिले रेस्टुरेन्ट मालिकलाई भन्यो, ‘मलाई भन्नुहोस्, तपाईंले त्यो मान्छेलाई खाएको पैसा नतिरी किन जान दिनुभयो ।’

रेस्टुरेन्टको मालिकले दिएको जवाफ यस्तो थियो, ‘तपाई एक्लैले मात्र उसको बारेमा मलाई भन्नुभएको होइन । यहाँ धेरै कस्टुमरहरुले उसलाई देखेका छन् र मलाई उसको बारेमा भनेका छन् । उ रेस्टुरेन्टको नजिकै बस्छ र जब उसले रेस्टुरेन्टमा भिड बढेको देख्छ तब उ आउँछ र चुपचाप खाना खाएर लुकिछिपी निस्कन्छ । मैले जहिले उसलाई नजरअन्दाज गरे र कहिले उसलाई केहि भनिन, न मैले कहिले उसको अपमान गर्ने कोशिश गरेँ । किनकि मलाई लाग्छ मेरो रेस्टुरेन्टमा भिडभाड उसको प्राथनाको कारण हुने गर्छ ।’

उसले मेरो रेस्टुरेन्ट नजिकै बसेर प्राथना गर्छ । कि छिटै यस रेस्टुरेन्टमा भिडभाड होस् ताकि म उनीहरु सँगसँगै भित्र जान सकु, खान सकु र त्यहाँबाट आरामले निस्कन सकु। साँच्चै नै उ भित्र आउँदा मेरो रेस्टुरेन्ट सधैं भिडामभिड हुन्छ। त्यसैले यो भिड पनि उसको प्राथनाले गर्दा हुनसक्छ।’

सायद त्यसैले भन्ने गरिन्छ घमण्ड नगर मैले कसैलाई खुवाउदै छु भनेर…। के थाहा हामी आफै पनि कसको भाग्यले खाइरहेका छौँ की ।