गगन थापालाई चारपाटा मुडेर थानकोट कटाउन माग

सोमबार, ३० जेष्ठ २०७९

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टीले अमेरिकी सहयता परियोजना एमसीसीको कार्यालय घेरेको छ । सोमबार होटल याक एण्ड यतिमा रहेको कार्यालय विप्लव नेतृत्वको नेकपाले घेरेको हो ।

दुईतीरबाट गएको ¥याली एमसीए कार्यालय रहेको होटल याक एण्ड यति अगाडी कोणसभामा परिणत भएको थियो । शान्तिबाटीबाट आएको ¥यालीको नेतृत्वको नेकपा केन्द्रीय सदस्य माइला लामाले गरेका थिए भने नेपाल प्रज्ञा प्रतिष्ठान पछाडीबाट गएको ¥यालीको नेतृत्व केन्द्रीय सदस्य मिलनले गरेका थिए । दुईवटै ¥याली एमसीसी कार्यान्वयन गर्न नेपालमा खोलिएको एमसीए नेपालको कार्यालय बाहिर कोषसभामा परिणत भएको थियो ।

कोणसभालाई सम्बोधन गर्दै नेकपा केन्द्रीय सदस्य तथा काठमाडौँ जिल्ला इन्चार्ज माइला लामाले अमेरिका नेपाललाई युक्रेन बनाउन एमसीसीको माध्ययमबाट नेपाल आएको जिकिर गरे । ‘हामी नेपाली हौँ, आजसम्म नेपाल कहिल्यौ कसैको गुलाम भएन् ।’ कोषसभालाई सम्बोधन गर्दै उनले भने, ‘नेपाललाई युक्रेन बनाउन खोजिदैछ, होसियार, हामी कुनै पनि हालतमा युक्रेन हुँन दिदैनौँ । किनकी हामी नेपाली हौँ ।’

कार्यक्रममा केन्द्रीय सदस्य तथा अखिल नेपाल किसान महासंघ क्रान्तिकारीका संयोजक ओम पुनले एमसीसी परियोजना अमेरिकी शैन्य रणनीतिको अभिन्न अंग भएको प्रमाणित भएको बताए । ‘एमसीसीमा विकास बाहेक अरु केही पनि छैन, यो अमेरिकी शैन्य रणनीतिको अंग होइन्, यसले चीनको आन्तरिक मामिलामा केही पनि हस्तक्षप गर्दैन् । यदि त्यसो भएको खण्डमा म काठमाडौँबाट जिर्वाचित सांसद हुँ, मलाई चार पाटा मुडेर थानकोट कटाइयोस् भन्ने गगन थापा कता गए ।’ उनले भने, ‘अमेरिकाका उपमन्त्री, सेनाको हिन्तप्रशान्त हेर्ने कमाण्डर, फेरी नेपालका प्रधानमन्त्री, प्रधानसेनापति अमेरिको भ्रमण, अमेरिकी उपराष्ट्रपतिको नेपाल भ्रमण यी सब के हुन् । अमेरिकाको शैन्य रणनीतिमा नेपाल पनि छिरेको प्रमाण यो होइन् ?’

प्रदर्शनमा प्रदर्शनकारीले वैदेशिक हस्तक्षेप बन्द गर, अमेरिकी साम्राज्यवाद मुर्दावाद, हामी युक्रेन हुँदैनौँ लगायतका नारा लगाएका थिए । विप्लव नेतृत्वको नेकपाले एमसीसीविरुद्ध यसअघिदेखि नै प्रदर्शन गर्दै आएको छ। कार्यक्रमको संचालन नेकपा केन्द्रीय सदस्य तथा भक्तपुर जिल्ला इन्चार्ज आस्थाले गरेकी थिइन् ।