बरु बलिदान गर्न तयार छौँ तर एमसीसी कार्यान्वयन हुँन दिदैनौँ : विबेक
उदयपुर – नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य तथा उदयपुर-ओखलढुङ्गा इन्चार्ज विवेक कुमालले अमेरिकी सहयोग परियोजना एमसीसी कुनैपनि हालतमा कार्यान्वयन गर्न नदिने बताएका छन् । पार्टीको केन्द्रीय कार्यक्रम अनुसार सोमबार उदयपुरमा आयोजित एमसीसी विरुद्धको कार्याक्रमलाई सम्बोधन गर्दै कुमालले एमसीसी कार्यान्वयन गर्नै नदिने बताएका हुन् ।
उदयपुर जिल्लाको सदरमुकाम गाईघाटको जलजले बजार परिक्रमा गरि बजारको पिपल चोकमा कोणसभा भएका थियो । सभालाई सम्बोधन गर्दै कुमालले ज्यान गएपनि राष्ट्रघाति एमसीसी सम्झौता कार्यनयन गर्न नदिने बताए।
‘बरु हामी देशका लागि जीवन बलिदान गर्छौ तर एमसीसी कार्यनयन हुन दिदैनौँ । यो पार्टी केन्द्रको नीति हो ।’ उनले भने, ‘एमसीसी कार्यान्वयन हुने विषयमा हामीलाई विश्वास गर्नुहोस् । कुनै पनि हालतमा पार्टीले एमसीसी कार्यान्वयन गर्न दिदैन ।’
सामाजिक दलाल संसदिय व्यवस्था रहेसम्म जनताले कुनैपनि सङ्कट मुक्ति नपाउने भएकोले अब नेपाली जनता चुपचाप लागेर बस्न नहुने र बरु सबै लागेर छिटो भन्दा छिटो वैज्ञानिक समाजवाद स्थापना गरि देशलाई वैदेशिक हस्तक्षेप र सामाजिक दलालहरुको अन्यायबाट मुक्त गराउनु पर्ने कुरा इन्चार्ज विवेकको भनाई थियो।
उक्त कोणसभामा सम्बोधन गर्दै श्रमिक समुदाय नेपालका केन्द्रीय सदस्य रामकृष्ण सदाले संसदिय ब्यबस्थामा हत्याहिंसा, बलात्कार, लुटपाट, चोरीपैठारी, महङ्गी, कालो, बजारी र मुल्य वृद्धि दिनदिनै भइरहेकोले नेपाली जनता यसको प्रतिकारमा उत्रिनु पर्ने बताए ।
