लुम्बिनी प्रदेशकी चर्चित मन्त्री पक्राउ
बुटवल – लुम्बिनी प्रदेशकी चर्चित मन्त्रीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । स्वास्थ्य राज्यमन्त्री विमला वलीलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
महिलामाथि हातपात गरेको भन्दै प्रहरीले नियन्त्रणमा लिएको हो। तुलसीपुर उपमहानगरपालिका ५ बसपार्कस्थित एकराज बस्नेतको घरमा पुगेर उनको श्रीमती र छोरीलाई हातपात गरेको स्थानीयले जनाएका छन् ।
मन्त्री वलीले हातपात गरेको खबर पाएपछि स्थानीयले बस्नेतको घरमा उनलाई थुनेर राखेका थिए । अहिले मन्त्री वलीलाई तुलसीपुर प्रहरीले नियन्त्रणमा लिएको एसपी सुरेश काफ्लेले जानकारी दिए ।
उनी व्यक्तिगत कामका लागि लु १ झ ५३७ नम्बरको सरकारी गाडी चढेर त्यहाँ पुगेकी थिइन् । मन्त्री वलीले के कारणले हातपात गरेकी हुन् त्यो भने खुल्न बाँकी छ ।
यसअघि ओली कहिले माओवादी र कहिले एमाले प्रबेशको लहरले चर्चामा आएकी थिइन् । उनले तत्कालिन मुख्यमन्त्री शंकर पोखरेलले आफूलाई बन्धक बनाएको आरोप समेत लगाएकी थिइन् ।