कहिले खोल्दैछन् विप्लवले वास्तविक फायर, दाङ पुगेर गरे खुलासा
काठमाडौँ – नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्र बिक्रम चन्द ‘विप्लव’ले आफू सांच्चिकै क्रान्ति गर्नका लागि संघर्षमा रहेका बताएका छन् । राप्ती स्तरीय केन्द्रीय राजनीतिक तथा बैचारिक प्रशिक्षणलाई सम्बोधन गर्ने क्रममा विप्लवले क्रान्ति बाहेक आफूहरुसँग अर्को कुनै सपना नभएको बताएका हुन् ।
विप्लवले आफूलाई संसदवादी भएको आरोप लगाएको भन्दै आफू संसदवादी कहिल्य नहुने समेत बताएका छन् । उनले पछिल्लो चुनावी प्रयोगको विषयलाई लिएर विप्लवको पार्टी संसदवादी भयो भन्ने धारणा बारे यस्तो स्पष्टिकरण दिएका हुन् ।
विप्लब संसदवादी भए भन्दै कन्चन – सुदर्शनले पार्टी फुटाउने कार्य अवसरवादी कदमको संज्ञा दिए । कन्चन – सुदर्शनको पार्टी फुटपछिको प्रस्तावलाई जैसीको पात्रो जस्तो भएको टिप्पणी गरे।
प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै महासचिव विप्लवले कन्चन – सुदर्शनहरुले ‘क्रान्तिको नाममा गरेको भालु तर्साउने हवाई फाएर मात्रै भएको बताउए । ‘वास्तविक क्रान्तिको फायर हामी खोल्छौँ, त्यसको तयारी अन्तिम चरणमा छ । कतै भ्रमित नभएर क्रान्तिकारी युवाहरु बिचल्लित हुन पर्दैन ।’ उनले भने । उनले कन्चन – सुदर्शनको पछी लागेर क्रान्ति हुन नसक्ने दावी गरे ।
उनले भने ‘क्रान्ति गर्ने पार्टी बनाउने हो, चन्दा उठाएर खाने पार्टी बनाउने होइन । संसवादीहरुले उनको आँखाले हेर्दा हामीलाई संसदवादी देखे तर हामी संसदवादी होइनौ, हाम्रो दस्तावेजमा क्रान्तिको चित्र कोरिएको छ ।’ विप्लबले भने ‘आफ्नो कार्यदिशा देखेर आफै तर्सने कन्चनले कार्यकर्तालाई ढाँट्दै पूर्वाग्रह पोखेर क्रान्ति हुँदैन ।’
पार्टीलाई फुटबाट जोगाउन आफु एक कदम पछि हटेको र अझै पछी हट्न तयार हुँदै गर्दा मिडिया बाजी गर्नु नियति र पूर्वागथ्रह भएको बताए ।