यो लोकतन्त्रमा देशभक्त काटीन्छन् भन्दै ओलीले दिए यस्तो गोप्य प्रशिक्षण

शुक्रबार, ३ असार २०७९

काठमाडौं – लोकतन्त्रमा  देशभक्तहरु काटिन सक्छन भन्दै, एमालेबाट निर्वाचित जनाप्रतिनिधीहरुलाई नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रसिक्षण दिएका छन् । राणा शासन ढल्दा आएका लोकतन्त्रका सञ्चालकहरूबाट देशभक्त झन् जोखिममा परेको अध्यक्ष ओलीले प्रशिक्षणका क्रममा बताएका हुन्।  २००७ सालमा प्रजातन्त्र आएपछि देशभक्तहरूलाई झन् बढी समस्या निम्तिएको पनि उनले बताएका छन् ।

एमालेबाट निर्वाचित स्थानीय तहका जनप्रतिनिधिहरूलाई प्रशिक्षण दिँदै उनले यस्तो बताएका हुन् ।

‘राणा शासन फालिएपछि प्रजातन्त्र भनेर घोषणा भएपछि देशभक्तहरू काटिने, देशभक्तहरू मारिने, विदेश पलायन हुनुपर्ने, कोही हिउँमै हराउनुपर्ने यस खालका कुराहरू लोकतन्त्र भनिएको समाजमा भयो,’ उनले भने,‘अथवा त्यो लोकतन्त्र के आएछ त भने, तस्बिर आफै बोल्छ । देशभक्त काटिने नै लोकतन्त्र आएछ ।’

राणा शासन ढल्दा आएको लोकतन्त्रका सञ्चालकहरूबाट देशभक्त झन् जोखिममा परेको अध्यक्ष ओलीको टिप्पणी छ ।

उनले भने, ‘लोकतन्त्रका सञ्चालक कस्ता आए रु कस्तो बिन्दुमा त्यो टुंगियो आन्दोलन ?, भन्दा फेरी पनि देशभक्त काटिने, मारिने, जेल हालिने देशभक्तले जेल तोड्नुपर्ने, फोड्नुपर्ने भाग्नुपर्ने मारिनुपर्ने, बेपत्ता हुनुपर्ने चरम यातना सहनुपर्ने, अंगभंग हुनुपर्ने, त्यही स्थितिको लोकतन्त्र आयो।’