नाक – मुख बाहेक शरिरको अर्को अंगबाट पनि सास फेर्न सकिने बैज्ञानिकहरुको दावी
मानिसले अब नाक मुखबाट मात्रै नभई सरिरको अन्य अंगबाट पनि सास फेर्न सक्ने नया तथ्य पत्ता लागेको दाबि गरेका छन् । वैज्ञानिकले दाबी गरेको तथ्य अनुसार आफ्नो मलद्वारबाट पनि सास फेर्न सक्ने वैज्ञानिकले दाबी गरेका हुन् । वैज्ञानिकका अनुसार अब यसले ती व्यक्तिहरुलाई सहयोग गर्नेछ जसलाई सास सम्बन्धि समस्या छ ।
यो कुरालाई प्रमाणित गर्नका लागि अन्तरराष्ट्रिय स्तरको वैज्ञानिकको एक समूहले सुँगुर र मुसामाथि अनुसन्धान गरेका छन् । यसका साथै, उनीहरुले कछुवामा पनि यस्तो अध्ययन गरेका छन् । यसको रिपोर्ट हालै क्लिनिकल एन्ड ट्रान्सलेशनल रिसोर्स एण्ड टेक्नोलोजी इनसाइट जर्नलमा प्रकाशित गरिएको छ ।
वैज्ञानिकले आफ्नो प्रयोगमा यी जनावरको आन्द्रालाई रगडेर थोरै पातलो बनाए । यसमार्फत् उनीहरुले म्युकोसल लाइनलाई पातलो बनाउन खोजेका थिए । यसो गर्दा रक्त प्रवाहमा तीब्रता आउँछ । रक्त प्रवाहमा कुनै प्रकारको बाधा उत्पन्न हुँदैन । त्यसपछि यी जीवलाई कम अक्सिजन भएको कोठामा राखियो । कछुवा पहिला नै पातलो म्युकोसल लाइन भएको आन्द्रा हुन्छ त्यसैले उनीहरुलाई सास फेर्न कुनै खालको समस्या हुँदैन । त्यसैले पनि उनीहरु अत्यधिक चिसो ठाउँमा जीवित रहन्छन् ।
जसको आन्द्राको उपचार भयो, ती जीव लगभग दोब्बर बाँचे
डेलिस्टारको एक रिपोर्ट अनुसार यी वैज्ञानिक कुनै संस्थानका हुन् भनेर खुलासा गरिएको छैन । जुन जनावरको अक्सिजनको कमी भएको कोठामा राखिएको थियो, तिनीहरुको ११ मिनेटपछि मृत्यु भयो । किनभने उनीहरुको आन्द्रामा खासै कुनै पनि उपचार गरिएको थिएन । तर जसको उपचार गरिएको थियो, तिनीहरु करिब १८ मिनेटसम्म जीवित रहे । अर्थात्, उनीहरुले शरीरको पछिल्लो भागबाट सास फेरिरहेका थिए ।
आपतकालीन अवस्थामा यो प्रविधि मार्फत् बिरामीलाई बचाउन सकिने
यो प्रयोग एक घण्टासम्म चलाइयो । जुन जनावरको आन्द्राको उपचार गरिएको थियो, उनीहरुको मलद्वारमा प्रेसर अक्सिजन दिइयो । त्यतिबेला ७५ प्रतिशत जनावर एक घण्टासम्म जीवित रहे । यसमार्फत् के पत्ता लाग्यो भने सुगुँर कम अक्सिजन भएको अवस्थामा आफ्नो मलद्वारबाट सास फेर्न सक्षम छन् । यो प्रयोग सफल भएपछि वैज्ञानिकले खराब समयमा हामी आफ्नो मलद्वारबाट सास फेरेर केही समय थप बाँच्न सकिने सम्भावना व्यक्त गरेका छन् ।