एमालेकी राधिकाले ‘जोसमा होस् गुमाउँदा’ पोखरामा लफडा !
पोखरा – पोखरा महानगरपालिकाको नगरसभा बैठक स्थगित भएको छ । नेकपा एमालेकी प्रतिनिधि राधिका शाहले ‘जोसमा होस् गुमाए’पछि नगरसभा स्थगित भएको हो ।
उनले नगरसभामा पेस गर्नका लागि तयार पारिएको बजेट पुस्तिका च्यातेको थिइन् । महानगरपालिकाको नगरसभा एमालेले बजेट पुस्तिका च्यातेपछि अवरुद्ध भएको हो ।
शुक्रबार ४ बजे नगरसभा हुनेबित्तिकै नेकपा एमालेकी प्रतिनिधि शाहीले रातो किताब च्यातेकी थिइन् । उनले बजेट पारित हुनुअघि नै रातो किताब प्रकाशित गरिएको भन्दै आफूहरुको बजेटमा सहभागिता नहुने बताइन् ।
मेयर धनराज आचार्यले भने प्रकाशित किताब मस्यौदामात्रै भएको बताउँदै रातो किताब नभएको बताएका छन् ।