मन्त्री नछाड्ने अडानमा रहेका प्रेम आलेले अपर्झट पदबाट राजिनामा दिनुको रहस्य खुल्यो
काठमाडौं – मन्त्री पद कुनैपनी हालतमा नछोड्ने अडानमा रहेका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आलेले अपर्झट मन्त्री पदबाट राजिनामा दिएका छन् ।
प्रेम आलेका कारण मन्त्री हेरफेरमा बाधा पुकेको भन्ने आरोप लागिरहेका बेला प्रेम आलेले अपर्झट मन्त्री पदबाट राजिनामा दिएका हुन्। पार्टी अध्यक्ष माधवकुमार नेपालसमक्ष राजीनामा बुझाएका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले राष्ट्रिय सभाको बैठकमा जवाफ दिइरहेका छन् ।
मन्त्री पद नछाड्ने भन्दै १० जनाको समूह बनाएर त्यो समुहको नेतृत्व गर्दै बिगेप्ती निकालेका आलेलेअप्रत्यासित रुपमा राजीनामा दिनुलाई अर्थपूर्ण रुपमा हेरिएको छ । नजिकिदै गरेको प्रतिनिधी सभाको निर्वाचनमा अहिलेको अडानले पद लिप्तताको आरोप लाग्ने र चुनाबी परिणाम आफ्नो हातबाट गुम्ने खतरा देखेर त्यो आरोपबाट मुक्त हुन र आफ्नो सिट सुरक्षित गर्न यस्तो कदम चालिएको हुन सक्ने उनको राजिनामा संगै चर्चा गर्न थालिएको छ।
राष्ट्रिय सभाको आइतबारको बैठकमा विनियोजन विधेयकमाथि सम्बन्धी मन्त्रीले जवाफ दिने क्रममा उनले आफ्नो पालोमा जवाफ दिन सुरु गरेका हुन् । बैठकमा वन तथा वातावरणमन्त्री रामसहायप्रसाद यादवले जवाफ दिएका छन् । यस्तै कृषि तथा पशुपन्छी विकासमन्त्री महिन्द्रराय यादवले पनि जवाफ दिएका छन् ।
सातौँ र आठौँ नम्बरमा जवाफ दिने सूचीमा रहेका शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेल र उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडुले पनि भने आफ्नो पालो भन्दा अघि नै जवाफ दिएका छन् ।
यस्तै श्रममन्त्री किसान श्रेष्ठ र शहरी विकासमन्त्री रामकुमारी झाँक्रीपनि बैठकमा सहभागी छन् । उनीहरुले अब केहीबेरमा जवाफ दिनेछन् ।