प्रेम आलेपछि रामकुमारी झाँक्री पनि एक्सनमा, आजै कठोर कदम चाल्ने
काठमाडौं – संस्कृति, पर्याटन तथा नागरिक उड्यन मन्त्री प्रेमबहादुर आलेले राजिनामा दिएपछि एकीकृत समाजवादी पार्टीबाट सरकारमा सहभागी मन्त्रीहरुलाई नैतिक संकटमा परेका छन् । त्यही नैतिक संकटका कारण शहरी विकासमन्त्री रामकुमारी झाँक्रीले पनि पदबाट राजीनामा दिने भएकी छन् ।
राजीनामाबारे जानकारी दिन केही बेरमै पत्रकार सम्मेलन आयोजना गरिएको छ । विनियोजन विधेयकबारे आफ्नो मन्त्रालयसँग सम्बन्धित प्रश्नहरूको संसदमा जवाफ दिए लगत्तै झाँक्रीले राजीनामा घोषणा गर्न लागेकी हुन् ।
आजै पर्यटनमन्त्री प्रेम आलेले नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई राजीनामा बुझाइसकेका छन् ।
आले र झाँक्रीसहित १० जना सांसदले केही दिन अघि मन्त्रिपरिषदमा हेरफेर गर्ने निर्णयप्रति असहमति जनाउँदै पार्टीमा ध्यानाकर्षण पत्र बुझाएका थिए ।
उनीहरूले संसदीय दलको बैठक माग गरेका छन् । उक्त पत्रबाट आलेसहित ६ जनाले नाम फिर्ता लिए पनि झाँक्रीले लिएकी छैनन् ।