मन्त्रालयबाट विदा हुँदै गर्दा झाँक्रीले चालिन् ऐतिहासिक कदम

आइतबार, १२ असार २०७९

काठमाडौँ – शहरी विकास मन्त्री रामकुमारी झाँक्रीले राजीनामा दिएकी छन् । मन्त्रालयमा एक पत्रकार सम्मेलनको आयोजना गर्दै उनले मन्त्री पदबाट राजीनामा दिएकी हुन् ।

राजीनामा दिन भन्दा केही मिनेट अगाडी उनको ऐतिहासिक चालेकी थिइन् । उनले कायममुकायम प्रधानन्यायाधीश दीपककुमार कार्कीलाई भेटेर मन्त्रालयसँग सम्बनधीत मुद्धाहरुको छिटो किनारा लगाइदिन आग्रह गरेका हुन् ।

कार्कीलाई भेट्न झाँक्री सर्वोच्च पुगेकी थिइन् । मन्त्री झाँक्रीले भेटका क्रममा आयोजना र विकास निर्माणसँग सम्बन्धित विचाराधीन मुद्दालाई छिटो टुंगो लगाइदिन आग्रह गरेको सर्वोच्चका प्रवक्ता विमल पौडेलले जानकारी दिए ।

कार्कीले आफूले सम्भव भएसम्म सहयोग गर्ने, छिटो टुंगो लगाउन सकिने रहेछ भने मुद्दा फाँटबाट प्राथमिकता दिएर अगाडि बढाउने प्रतिवद्धता जनाएका थिए ।