मन्त्री खान भोकाएका पाँच भाईको भोली देउवाले भरिदेलान् त पेट ? यस्तो छ भित्री तयारी
काठमाडौँ – एकिकृत समाजवादीका तर्फबाट फेरबदल हुन लागेका मन्त्रीहरुको सपथ भोलि हुने भएको छ। प्रधानमन्त्री निकट स्रोतका अनुसार सोमबार ११ बजे पछि सपथ गराउने कार्यक्रम रहकेो छ।
आइतबार नै मन्त्री फेरवदलको तयारी गरिएपनि स्वास्थ्य मन्त्री बिरोध खतिवडाले सोमबार राष्ट्रियसभामा बिषयगत मन्त्रीका रुपमा जवाफ दिने कार्यक्रम बाँकि रहेका कारण सपथ ग्रहणको कार्यक्रम सोमबारका लागि सारिएको स्रोतले जानकारी दिएको छ। ‘सोमबार ११ बजेपछिको समयमा सपथ गराउने तयारी छ,’ स्रोतले नयाँ पत्रिकासँग भन्यो। राष्ट्रपति कार्यालय स्रोतले पनि नयाँ मन्त्रीहरुको सपथ भोलि हुने पुष्टि गरेको छ ।
नेकपा एसको मन्त्रीमण्डल हेरफेरको तयारिको सुरुवात देखिनै मन्त्री बन्न तम्तयार भएका एसका सांसदहरुको पार्टीको अन्तरिक विवादका कारण उनीहरुको मन्त्री बन्ने सपना पटक पटक तुइदै आएको थियो। कारण पार्टी भित्रको आन्तरिक विवाद देखाएपनी विभिन्न कारण देखाएर मन्त्री नियुक्तिका कुरा पर धकेल्दै आएका प्रधानमन्त्री शेरबहादुर देउवाले भोली पनि उनीहरको मन्त्री बन्ने सपना पुरा गरिदेलान् त भन्नेमा प्रश्नहरु उब्जिन थालेका छन् ।
यद्यपी लामो समयको अकर्मण्यताको बिचमा पनि मन्त्री खान भोकाएका नेकपा एसका सांसदहरुको देउवाले भोलि पेट भरिदेलान् त ? यस्तै प्रश्नले उनीहरु पनि स्पष्ट भएका देखिदैनन्।
२२ जेठमा बसेको एकीकृत समाजवादीको सचिवालय बैठकले पार्टीका तर्फबाट गठबन्धनमा सामेल मन्त्रीहरूको टिम नै फेरबदल गर्ने निर्णय गर्दै नयाँ मन्त्रीहरूको नाम सिफारिस गर्ने जिम्मेवारी अध्यक्ष नेपाललाई दिएको थियो । लगत्तै अध्यक्ष नेपालले सहरी विकासमन्त्रीमा मेटमणि चौधरी, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमा जीवनराम श्रेष्ठ, श्रम तथा सामाजिक सुरक्षामा शेरबहादुर कुँवर,स्वास्थ्य मन्त्रीमा भवानी खापुङ र हिराचन्द्र केसीलाई स्वास्थ्य राज्यमन्त्री बनाउन प्रधानमन्त्री देउवालाई सूची बुझाएका थिए ।