एमाले चर्चित सांसद बामदेवको पार्टीमा

मंगलबार, १४ असार २०७९

काठमाडौँ – नेकपा एमालेका एक चर्चित सांसद बामदेव गौतमको पार्टीमा प्रदेश गरेकी छन् । तत्कालीन नेकपा विभाजनपछि तटस्थ रहँदै आएका गौतमले खोलेको पार्टीमा एमाले सांसद तुल्सी थापा प्रबेश गरेकी हुन् ।

झन्डै डेढ वर्ष ‘एकता अभियान’ चलाएर बसेका गौतमले घोषणा गरेको नयाँ पार्टीकी केन्द्रीय सदस्य बनेकी छन् । आज भृकुटीमण्डपस्थित रिपोर्टस क्लबमा पत्रकार सम्मेलन गरि उनले औपचारिक रुपमा पार्टीको नाम सार्वजनिक गरेका हुन् ।

‘नेकपा एकता राष्ट्रिय अभियान’ नामको उक्त पार्टीको संयोजक गौतम आफैँ रहेका छन् भने ६९ जना केन्द्रीय सदस्य छन् । केन्द्रीय कमिटीमा एमालेबाट प्रतिनिधिसभा सांसद रहेकी गौतमकी पत्नी थापा पनि छन् ।

थापा गौतमको नयाँ पार्टीको केन्द्रीय सदस्य भएसँगै उनको सांसद पद धरापमा परेको छ । समानुपातिक सांसद भएकाले एमालेले थापालाई तत्काल हटाउन सक्ने सम्भावना छ ।

गौतमको पार्टीमा श्रीमतीसँगै छोरा र निजी सचिव पनि केन्द्रीय सदस्यमा मनोनित भएका छन् ।