मन्त्री वलीको अर्को सनसनीपूर्ण समाचार भाइरल, एमालेको अभिस्ट पुरा

बिहिबार, १६ असार २०७९

काठमाडौँ – लुम्बिनी प्रदेशकी स्वास्थ्य, जनसंख्या तथा परिवार कल्यान राज्यमन्त्री विमला कुमारी खत्री (वली)बारे अर्को सनसनीपूर्ण समाचार भाइरल बनको छ । उनले मन्त्रीबाट राजीनामा दिएको खबर बुधबार दिनभर भाइरल बनेको हो ।

तर मन्त्री वलीले आफूले राजीनामा नदिएको बताएकी छन् । उनले आफूलाई राजीनामा दिन दवाब आएको भएपनि नदिएको बताएकी छन् ।

पार्टी भित्रबाट पटक–पटक राजीनामा दिन दवाव आएपनि अहिलेसम्म राजीनामा नदिएको बताईन् । ‘मलाई पार्टीबाट राजीनामा दिन भनेर दवाव आएको छ’, राज्यमन्त्री वलीले भनिन्‘ राजीनामा पत्र पनि ल्याएर म कहाँ नेताहरु आउनु भएको छ, तर, मैले अहिलेसम्म हस्ताक्षर गरेकी छैन् ।’

यदि आफूले राजीनामा दिन परे मन्त्रीबाट मात्रै नभई पार्टी र सांसद पदबाट समेत राजीनामा दिने बताईन् । ‘यदि मैले राजीनामा दिन परे मन्त्रीबाट मात्रै होइन्, सांसद, पार्टीबाट नै राजीनामा दिन्छु’,उनले भनिन्, ‘नत्र कुनै पनि पदबाट राजीनामा दिन्न् ।’

मन्त्री वली केही दिन अघि वाईसिएल नेता एकराज बस्नेतको घरमा गएपछि विवादित बनेकी थिइन् । उनका अनुसार एकराजसंग भएको लेनदेनको कुरा मिलान गर्न त्यहाँ पुग्दा घरपरिवारसंग हात हालाहालको अबस्था सिर्जना भएपछि उनी आलोचित बनेकी थिइन् ।

यस अघि शंकर पोखरेलको सत्ता ढाल्नलाई निर्णायक भूमिका खेलेको भन्दै उनलाई राज्यमन्त्री पद सम्हाल्ने मौका मिलेको थियो । कुल प्रसाद केसीलाई मुख्यमन्त्री बनाउन भुमिका खेलेकी ओलीले सांसद पदबाट राजीनामा दिए उनको सरकार पनि ढल्ने छ ।

नेकपा एमालेले उनीविरुद्ध भए नभएका आरोपहरु लगाउँदै बदनाम गरिरहेको छ । वलीले राजीनामा दिएर बस्दा केसीको सत्ता ढल्ने छ भने एमालेको अभिस्ट पुरा हुनेछ ।