मुक्तक : कसै कसैको जिन्दगी

बिहिबार, १६ असार २०७९

चम्की रहेको सूर्यको किरणहरुमा खोज्दा खोज्दै निस्पस्ट अध्यारोमा पो प्रबेश गर्न पुराएछ्न कसै कसैको जिन्दगीलाई,
कसी रहेको महासागरको छलाङ्गहरुमा खोज्दा खोज्दै सुख मरुभूमिमा पो पुराएछ्न कसै कसैको जिन्दगीलाई,

बसन्तको झोक्कहरुसँग् बग्दै बग्दै जाँदा
हिउदाको तुसारोमा पो पुराएछ्न कसै कसैको जिन्दगीलाई

मुस्कुराई रहेको सगरमाथालाई चुम्नु खोज्दा खोज्दै
मरुभूमिको झै उजाड ठाउँमा पो पुराएछ्न कसै कसैको जिन्दगीलाई

विडम्बनाको आधिबेहरिलाई थेग्न खोज्दा खोज्दै
बिरहको गिता गाएर आशु झार्दै अरुलाई दोश थुपारेर पो गएछ्न कसै कसैको जिन्दगीलाई त !!!!