मुख्यमन्त्री पद नै चैट पारिदिने गरि राजेन्द्र पाण्डे बिरुद्ध, सत्ता गठबन्धनले चाल्यो घातक कदम

बिहिबार, १६ असार २०७९

काठमाडौं – वाग्मती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेका बिरुद्ध गठबन्धन दलमा आबद्ध प्रदेशसभा सदस्यहरूले संकलन गरिरहेको हस्ताक्षर अभियानका कारण उनको मुख्यमन्त्रीको पद धरापमा पर्ने भएको छ ।

मुख्यमन्त्री पाण्डेका बिरुद्ध सत्ता गठबन्धनकै सांसदहरुले हटाउने तायारी  स्वरूप सुरु गरेको हस्ताक्षर अभियानले उनको मुख्यमन्त्रीको पद धरापमा पर्ने भएको हो।

पाण्डेले भने आफूलाई मुख्यमन्त्री पदबाट हटाउन भइरहेको सत्तासाझेदार दलको तयारीबारे केही जानकारी नभएको बताएका छन् । केन्द्रीय गठबन्धनको निर्णयका आधारमा वाग्मती सरकार बनेकाले पनि यसको भविष्य केन्द्रकै हातमा रहेको उनको भनाइ छ ।

उनले दलका प्रदेश कमिटीले भन्दैमा सरकार परिवर्तन नहुने दोहोर्‍याए । निर्वाचनको मुखमा गठबन्धनबीच अविश्वासको वातावरण पैदा हुन नसक्ने भन्दै मुख्यमन्त्री पाण्डेले केन्द्रले जसरी गठबन्धनलाई अघि बढाउँछ, आफू निर्णय मान्न तयार रहेको बताए ।

“यो सरकार बनेको केन्द्रीय गठबन्धनको निर्णयानुसार हो । वाग्मती प्रदेश सरकारको भविष्य केन्द्रकै हातमा छ,” उनले बाह्रखरीसँग भने, “चुनावको सम्मुखमा हामी छौँ । गठबन्धनभित्र अविश्वास पैदा गर्दैनौँ । केन्द्रमा शीर्ष नेताहरू बसेर जे निर्णय गर्नुहुन्छ, त्यहीँ कार्यान्वयन हुन्छ ।”

वाग्मती सरकारको बजेट बिहीबार प्रदेशसभाबाट बहुमतले पारित भएको छ । बजेट पारित भएसँगै नेपाली कांग्रेस र नेकपा ९माओवादी केन्द्र०का सांसदले सरकार परिवर्तनको कसरत गरेका छन् ।

वर्तमान प्रदेश सरकार बन्दै ६र६ महिना चलाउने सहमति भएको कांग्रेसको दाबी छ । केही दिनअघि सम्झौतापत्र पनि सार्वजनिक भएको थियो ।

कांग्रेस वाग्मती संसदीय दलका सचेतक छिरिङ दोर्जे लामाले पूर्वसहमतिबमोजिम कांग्रेसका प्रदेशसभा संसदीय दलका नेता इन्द्रबहादुर बानियाँलाई मुख्यमन्त्री बनाउनुपर्ने भन्दै हस्ताक्षर संकलन भइरहेको बताए ।