प्रचण्ड र रबि लामिछानेको चुनाव चिन्ह मिल्यो !
काठमाडौँ – पूर्व सञ्चारकर्मी रवि लामिछानेको नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी र माओवादी केन्द्रको चुनाव चिन्न मिलेको छ । आज मात्र रविको पार्टीको नाम र अघि सारेको चुनाव चिन्हले आधिकारिकता पाएसंगै निर्वाचन आयोगले शुक्रबार प्रमाणपत्र समेत दिएको छ ।
रविको पार्टीले चुनाव चिन्ह गोलाकार भित्रको घन्टी पाएका छन् ।
चुनाव चिन्ह गोलाकार भित्रको घण्टा पाएसंगै माओवादी केन्द्रको गोलाकार भित्रको हसिया हतौडा र रबि लामिछानेको पनी गोलाकार भित्रको घण्टी भएपछी एक आपसमा मिलेको हो। दल दर्तापछि लामिछानेले अत्यन्तै खुसी भएको र आजदेखि औपचारिक रुपमा पार्टी दर्ता भएको बताए । उनले गोलाकार भित्रको घण्टी चुनाव चिन्ह पाएको सञ्चारकर्मीहरुलाई जानकारी गराएका छन् ।
राष्ट्रिय स्वतन्त्र पार्टीको छोटकरी नाम रास्वपा हुने र अंग्रेजीमा ‘नेश्नल इन्डेपेन्डेन्ट पार्टी’ संक्षिप्तमा ‘एनआपी’ हुने भएको छ । पार्टीको नामका विषयमा पछि कानुनी प्रक्रिया अघि बढे सोहीअनुसार आफू पनि प्रक्रियामा अघि बढ्ने लामिछानेले बताए ।
आयोगको गरेको निर्णय पार्टीका प्रवक्ता डा।मुकुल ढकालले वाचन गरेका सुनाए । जसमा भनिएको छ– ‘नेपालको संविधान, राजनीतिक दलसम्बन्धी ऐन २०७३, राजनीतिक दलसम्बन्धी नियमावली २०७३, प्रचलित संसदीय कानुन बमोजिम पालना गर्ने सर्तमा राजनीतिक दलसम्बन्धी २०७३ को दफा ४ र ५ बमोजिम राष्ट्रिय स्वतन्त्र पार्टी, संक्षिप्तमा रास्वपा र अंग्रेजीमा ‘नेश्नल इन्डेपेन्डेन्ट पार्टी’ संक्षिप्तमा ‘एनआपी’ नामक राजनीतिक दल दर्ता गरी आयोगले दल दर्ताको कितावमा अभिलेखीकरण गर्ने निर्णय भएको छ ।’
आयोगमा पुगेका सञ्चारकर्मीसँग संक्षिप्त कुरा गर्दै लामिछानेले दल दर्तापछि अब जनताको बीचमा जाने बताए । उनले भने– ‘हाम्रो राजनीतिक पार्टी दर्ता भएको छ । अब जनता माझमा जानुपर्नेछ । केही कुरा मात्र भनेका छौँ, सबै कुरा भन्न बाँकी नै छ । औपचारिकता पाएपछि अब चरणबद्ध रुपमा हामी हाम्रा कार्यक्रम गर्दै जान्छौँ । विभिन्न भेलाहरु गर्दै पार्टीले आफ्नो कमिटी गठन गर्दै जानुपर्नेछ । ती कार्यहरुलाई हामी क्रमशः आवश्यकताअनुसार काम गर्र्दै अगाडि बढ्छौँ । आजबाट नै अझ बढी हाम्रो सक्रियता हुनेछ ।’
गत असार ७ गते काठमाडौंको राष्ट्रियसभा गृहमा उनले राष्ट्रिय स्वतन्त्र पार्टीको घोषणा गरेका थिए ।