कलेज संचालकले ‘जोसमा होस् गुमाउँदा’ प्रहरीसम्मै पुग्यो केस

मंगलबार, २१ असार २०७९

काठमाडौँ – अस्ट्रेलियाको अस्ट्रेलियन टेक्निकल कलेज वेस्टर्न अस्ट्रेलियाका संचालकले ‘जोसमा होस् गुमाउँदा’ प्रहरीमा उजुरी परेको छ । कलेजका संचालक असीफ अलीले शैक्षिक परामर्श व्यवसायीलाई धम्की दिएर भद्या गाली गरेपछि प्रहरीमा उजुरी परेको हो ।

केही दिनअघि अलीले नेपाली परामर्श व्यवसायीहरुलाई एउटा होटलमा बोलाएर (भोज) पार्टीको आयोजना गरेका थिए । उक्त भोजमा उनले व्यवसायीलाई अपाच्य हुनेगरी लागि गरेका थिए । भोजमा अधिकांश राष्ट्रिय शैक्षिक परामर्श संघ (नेका) का प्रतिनिधिहरु उपस्थिति रहेको थियो ।

नेका सानो संगठन भएकाले नेपाली परामर्श बजारमा यसको उपस्थिति कमजोर भएको भन्दै थुप्रै अपाच्य गाली गरेका थिए । उनको गाली सहन नसकेका व्यवसायीहरुले अपाच्य शब्द प्रयाग गर्दै गाली गरेर व्यवसायीको अपमान गरेको भन्दै भोज बहिस्कारगरेर फर्किएका थिए । नेकाले भोलीपल्ट यसै विषयमा बैठक बोलाएर अलीलाई माफी माग्न लगाउने निर्णय गरेको थियो ।

बैठकपछि नेकाको कार्यालयमा आएका अलीले माफी माग्न अस्वीकार गर्दै थप गालीगलौजमा उत्रिएपछि नेकाले प्रहरीमा उजुरी गरेको थियो । उक्त उजुरीको सुनुवाई गर्दै प्रहरी बृत सिंहदरबारले दुबै पक्षलाई बोलाएर छलफल गरेको छ । छलफल पश्चात कलेजका संचालक अलीले व्यवसायीहरुको अगाडी हात जोडेर माथि मागेको बृतका डिएसपी भरत श्रेष्ठले बताए ।

‘उहाँहरुको समान्य विवाद रहेछ । म आन्दोलनमा गएकाले पुरा जानकारी त पाइन ।’, मोटिभेट न्यूजसँग उनले भने, ‘तर दुबै पक्षबीच मिलापत्र भएको छ । एक जनाले माफी माग्नुभएको भन्ने सुनेको छु ।’

उक्त कलेजका नेपालमा पाँच वटा मात्र एजेन्ट रहेका छन् । बिएमडब्लु एजुकेशनमा चुँडामुडी सिलुवाल, हब इन्टरनेशनलका उद्यव खड्का, इम्पाज इन्टरनेशनलका सन्दीप अर्याल, कंगारु एजुकेशन फाउण्डेशनका महेशबाबु तिमल्सीना, पाण्डे फाउण्डेशनका मिमो जोसी यो कलेजका आधिकारीक एजेण्ट हुन् ।

अलीले रोयल इम्पायर होटलमा पुगेर नेपाली युवतीमाथि गरेको यौन दुव्र्यवहारको भिडियो फुटेज पनि मोटिभेटले प्राप्त गरेका छ ।