अप्रत्यासित रुपमा आयो अर्थमन्त्रीको राजीनामा, शंकटमा सरकार

बुधबार, २२ असार २०७९

एजेन्सी – बेलायतका अर्थमन्त्री ऋषि सुनकले अप्रत्यासीत रुपमा राजीनामा दिएका छन् । आफ्नो सरकारमा यौन दुव्र्यवहारको आरोपको सामना गरेका टोरीलाई सांसद नियुक्त गरेको विरोधमा सुनकले राजीनामा दिएका हुन् ।

उनीसँगै स्वास्थ्य सचिव साजिद जाविदले पनि राजीनामा दिएपका छन् । उनीहरुको राजीनामा पछि प्रधानमन्त्री बोरिस जोन्सनको सरकार संकटमा परेको छ । प्रधानमन्त्रीको नेतृत्वको आलोचना गर्दै सुनक र जाविदले राजीनामा दिएका हुन् ।

टोरीलाई सांसद नियुक्त गरेको प्रधानमन्त्री जोनसनले माफी मागिरहेका बेला सुनक र जाविदको राजीनामा आएको हो । सुनकले आफ्नो राजीनामा पत्रमा ‘सरकार छाड्दा दुखी’ भएको तर सरकारलाई साथ दिन नसक्ने निस्कर्षमा पुगेको बताएका छन् ।

सुनकले राजीनामा पत्रमा भनेका छन्, ‘सरकारलाई सही, सक्षम र गम्भीरताका साथ सञ्चालन गर्ने जनताको अपेक्षा छ । ’ जनताले ‘सरकार सही, दक्ष र गम्भीरताका साथ सञ्चालन हुने’ उनले अपेक्षा गरेका छन् ।

यसैबीच लेवर नेता सर केयर स्टाररले जोनसन सरकारको पतन हुन लागेको टिप्पणी गरेका छन् ।