विदेशी दलालका विरुद्ध सशक्त प्रतिरोध गरौँ : विप्लव
काठमाडौं – नेकपाका महासचिव नेत्रविक्रम चन्द (विप्लव)ले अमेरिकी सहयोग परियोजना एमसीसी कुनैपनि हालतमा लागु गर्न नदिने बताएका छन् । साथै, सैन्य सहयोग स्टेट पाट्नरसिप प्रोग्राम एसपीपीको पनि धज्जी उडाउने उनको भनाई छ ।
बुधबार काठमाडौं स्तरीय युवा भेलालाई सम्बोधन गर्दै उनले मुलुकमा भएको स्रोत र साधनलाई कब्जा गरी परनिर्भरता बनाउन खोजेको आरोप लगाउँदै त्यसको प्रतिरोध गर्ने चेतावनी दिएका हुन् ।
‘एसपिपी मात्र होइन, हामी एमसिसी पनि लागु गर्न दिदैनौं । त्यसका विरुद्ध आँधीवेरी आउँछ’, उनले भने, ‘विदेशी दलालका विरुद्ध सशक्त प्रतिरोध गर्न तपाईंहरू तयारी अवस्थामा रहनोस् ।’
उनले वैज्ञानिक समाजवादी व्यवस्था नआएसम्म नेपालमा परिवर्तन सम्भव नभएको दावी गरेका छन् । साथै यो पाली प्रदेश र संघीय निर्वाचनमा पार्टीले रणनीतिक रूपमा भाग लिएपनि अर्को पटकबाट सहभागी नहुने उनले बताए ।