जनार्दन शर्मा पछि भयो प्रधानमन्त्री शेरबहादुर देउवाको पनि राजीनामा माग
काठमाडौँ— आज बिहिबार बसेको प्रतिनिधि सभामा नेकपा एमालेकी सांसद नवीना लामाले प्रधानमन्त्री शेरबहादुर देउवाको राजीनामा मागेकी छिन् ।
बजेट निर्माणमा असम्बन्धित व्यक्तिलाई सहभागी गराएको विषयमा प्रधानमन्त्रीको समेत संलग्नता रहेको जिकिर गर्दै उनले राजीनामा दिन माग गरेकी हुन् ।
सोही आरोपमा अर्थमन्त्री जनार्दन शर्माले बुधवार राजीनामा दिएका थिए ।
बिहीवार बसेको प्रतिनिधि सभा बैठकको शून्य समयमा सांसद लामाले भनिन्, ‘प्रधानमन्त्रीबाट राजीनामा दिन शेरबहादुर देउवालाई आग्रह गर्दछु ।