ललितपुरका मेयर चिरीबाबु महर्जन हराएको सूचना !
काठमाडौँ – स्थानीय तहहरुका आर्थिक वर्षको अन्तिम कारोबार असार २८ गते हुने गरेको छ । स्थानीय तहको लेखा शाखामा भोली अर्थात २८ गतेसम्म निकै ठूलो भिड हुने गर्छ भने कर्मचारीहरु कामको चापमा हुन्छन् ।
सरकारी कार्यालयका हाकिमहरु हिसाब मिलाउन र बजेट निकासी गर्न लागेका छन् । बजेट फ्रिज हुने डरले हाकिमहरुको हात एकछिन पनि खाली छैन । राति अबेरसम्म काममा खटिएका छन् ।
स्थानीय तहका पदाधिकारी, सरकारी अड्डाका हाकिमहरु यस्तै दौडधुपमा लागेका बेला ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जन भने फोन अफ गरेर फरार भएका छन् । अन्तर्यमा उनलाई कोरोना संक्रमण भएको भनिएको छ । तर बजेट मिलाउन उनी अण्डरग्राउण्ड भएको बुझिएको छ ।
घरमा बसेर स्वास्थ्य लाभ गरिरहेका मेयर महर्जनको फोन अफ भएपछि शंका उत्पन्न भएको छ । श्रोतका अनुसार नयाँ बर्षको बजेट माग्नेहरु र पुरानोको हिसाब फर्छ्यौट गर्नुपर्नेहरुले तनाव दिएपछि मेयरसाप फोन अफ गरेर बसेका हुन् ।
चिरिबाबु निकटस्थहरुले भने कोरोना लागेकै कारण अस्वस्थ भएपछि फोन अफ गरेर बसेको बताएका छन् । उनका स्वकीय सचिव इन्द्र बर्जाचार्यले बिध ल्याबमा कोरोना परीक्षण गर्दा कोरोना पोजेटिभ देखिएको बताए ।