लाइसेन्स नवीकरणमा भइरहेको ढिलासुस्ती अन्त्य गर्न माग

सोमबार, २७ असार २०७९

काठमाडौं । सवारी चालक अनुमति पत्र वितरणमा भएको अनियमितता, लापरबाही र ढिलासुस्तीविरुद्ध युवा संघ नेपालले यातायात व्यवस्था कार्यालय घेराउ गरेको छ ।

कार्यालयमा बिचौलियाले दुःख दिने गरेको, समयमा अनुमति पाउन नसकिएको भन्दै संघले कार्यालय घेराउ तथा ध्यानाकर्षण गराएको हो ।

संघले लाइसेन्स नवीकरणमा भइरहेको ढिलासुस्ती अन्त्य गर्न माग गरेको छ ।

यातायात व्यवस्था कार्यालय एकान्तकुना पुगेका संघका नेता कार्यकर्ताहरूले ढुंगे युगको अनलाइन फारम भर्नेलाई भन्दा हेर्नेलाई शरम लेखिएको प्ले कार्ड बोकेका थिए ।