परिक्षा दिन गएका छात्रामाथि कर्मचारीको यस्तो घिनलाग्दो हर्कत, भित्री वस्त्र सबै खोल्न लगाए !
हेटौँडा – मकवानपुरको हेटौँडा उपमहानगरपालिका(४ मा रहेको हेटौँडा क्याम्पसमा परीक्षा दिन पुगेका दुईजना छात्रामाथि चिट लुकाएको भन्दै दुर्ब्यबहार गरेका छन्। मकवानपुर बहुमुखी क्याम्पसबाट परीक्षाको लागि हेटौँडा क्याम्पस पुगेका दुई छात्राले कर्मचारीले आफूहरूलाई दुर्व्यवहार गरेको बताएपछि विरोध प्रदर्शन गरिएको छ ।
पीडित विद्यार्थीले आफू महिनावारी भएको र ‘प्याड’ प्रयोग गरेको भन्दा समेत कर्मचारीले ‘प्याड’ मा समेत चिट हुन्छ भन्दै खोल्न लगाएको बताएका छन् ।
प्रदर्शनकारीले आज बिहानैबाट नाराबाजी गर्नुका साथै क्याम्पसमा तोडफोडसमेत गरेका छन् ।
मकवानपुर बहुमुखी क्याम्पसबाट परीक्षाको लागि हेटौँडा क्याम्पस पुगेका दुई छात्राले कर्मचारीले आफूहरूलाई दुर्व्यवहार गरेको बताएका थिए । ‘चिट लुकाएको’ भन्दै भन्दै आफूहरूको भित्री वस्त्रसमेत खोल्न लगाइएको ती छात्राको दाबी छ । उनीहरुले घटना सार्वजनिक गरेपछि विद्यार्थीहरु आक्रोशित बनेका हुन् ।
यस घटनालाई लिएर मकवानपुरमा क्रियाशील विद्यार्थी संगठनहरुले आपत्ति जनाएका छन् । दुर्व्यवहार गर्नेलाई कडा कारबाही गर्न उनीहरूको माग छ ।