एसईईको रिजल्ट आउने मिति तोकियो
काठमाडौँ – माध्यमिक शिक्षा परीक्षा (एसइई) को नतिजा आउने मिति तय भएको छ । असार अन्तिम साता, साउन पहिलो साता हुँदै धकेलिदै आएको नतिजा प्रकाशनको मिति फेरी सरेर नयाँ मिति तय भएको हो ।
अब साउन दोस्रो सातामा मात्रै नतिजा प्रकाशित हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डले साउन दोस्रो हप्ता अर्थात साउन ११ गते नतिजा प्रकाशित हुने जनाएको हो । बोर्डले सुरुमा असार मसान्तभित्र नतिजा प्रकाशन गर्ने बताउँदै आएको थियो । त्यसपछि साउन पहिलो साता भाखा सारेको बोर्डले पुन अर्को भाखा सार्दै साउन दोस्रो साता पुर्याएको हो ।
प्रक्रिया पूरा गर्न समय लाग्ने भएकाले समय सरेको बोर्ड पदाधिकारीको भनाइ छ । ‘कुनै गल्ती नदोहोरियोस् भनेर हामी नतिजा प्रकाशनको तयारी गरिरहेका छौँ, साउन दोस्रो हप्तामा नतिजा प्रकाशित गर्छौ’ बोर्डका परीक्षा नियन्त्रक अर्जुन रायमाझीको भनाइ छ ।
गत वैशाख ९ गतेदेखि बाट सञ्चालन भएको एसईईमा करिब ५ लाख विद्यार्थी सहभागी भएका छन् ।