एसपीपीबारे पत्र पठाउन रोक्ने प्रचण्ड पो रहेछन्, यसरी खुल्यो रहस्य

शुक्रबार, ६ साउन २०७९

काठमाडौं – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) का कारण अमेरिकी स्टेट पाटर्नरसीप प्रोग्राम (एसपीपी) मा सहभागी नहुने बारेर्को पत्र पठाउन रोकिएको खुलासा भएको छ । प्रचण्डले मन्त्रीपरिषद् भन्दा बलियो भिटो प्रयोग गरेर एसपीपी बारे पत्र पठाउन खोकेको खुलासा भएको हो ।

अमेरिकाको शैन्य रणनीति सम्झौता एसपीपीबारे चर्को विवाद भएपछि नेपालको मन्त्रीपरिषदले उक्त सम्झौतामा हस्ताक्षर गर्न नेपाल तयार नरहेको भन्दै पत्र पठाउने निर्णय भएको थियो । प्रचण्डले उक्त निर्णय अनुसार पत्र नपठाउन निर्देशन दिएको एकीकृत समाजपवादी पार्टीका सम्मानित नेता झलनाथ खनालले खुलासा गरेका छन् ।

बिहीबार बसेको प्रतिनिधिसभा बैठकमा विशेष समय लिएर बोल्दै खनालले २२ असारमा मन्त्रिपरिषद्ले निर्णय गरेपनि अझैसम्म पत्राचार नभएको बताए । उनले गठबन्धनका नेता समेत रहेका प्रचण्डतीर संकत गर्दै भने, ‘के कारणले पत्र लेख्न सकिएको छैन ? हाम्रो देशको क्याबिनेटभन्दा बाहिरतिर कता छ कार्यकारी अधिकार ?’

प्रचण्ड मन्त्रीपरिषद भन्दा माथि भएको भन्दै उनको आलोचना भइरहेको छ । प्रचण्डले संकेत गर्ने वित्तिकै अमेरिकालाई पत्र पठाउन सकिने श्रोतको दावि छ ।

खनालले सरकारले चियामा बेवास्ता गरेको भन्दै सरकारको आलोचना गरे । उनले मुलुकमा चियाको उत्पादन बढिरहेको भन्दै यसलाई नीति कार्यक्रम र आर्थिक वर्षको बजेटमा समेट्न नसकेको उनले गुनासो गरे ।

राज्यले ध्यान नदिँदा चिया उत्पादकहरुले थुप्रै समस्या भोग्नुरेको भन्दै खनालले तत्काल चियाको अक्सन सेन्टर खोल्न माग गरे ।

‘सिंगो नेपाललाई चिया क्षेत्रमा रुपान्तरित गर्न सकिन्छ । तर हामीले अध्ययन गरेर योजना बनाउने काम गर्न सकेका छैनौँ । राज्यले बजार खोज्न भुमिका खेल्नुपर्छ । नत्र चिया उत्पादकहरुले चिया उखेलेर फाल्दैनन् भन्न सकिँदैन’ उनले भने, ‘उनीहरुले चियाको उचित मूल्य पाइरहेका छैनन् । चियाको चिनियाँ बजार पाउने हो भने धेरै फाइदा लिनसक्छ । चियाको अक्सन सेन्टर खोल्नुपर्छ । तत्काल खोल्नुप¥यो । रुलिङ गर्न आग्रह गर्दछु ।’

खनालले सरकार नै कमिसनखोरी अर्थतन्त्र विकास गर्न लागिरहेको आरोप लगाए ।