नेपाली फिल्म पासवर्डमा सन्नी लियोनीले अभिनय गर्ने, अरु को को छन् कलाकार ?
काठमाडौं – बलिउडकी चर्चित नायिका सन्नी लियोनीले नेपाली फिल्ममा अभिनय गर्ने भएकी छिन्। महंगो रकम लिएर सन्नी नेपाली फिल्म पासवर्डमा अनुबन्धित भएकी हुन्। यस फिल्मका लागि सन्नीले एक करोड भारतिय रुपैयाँ लिएको बताइएको छ। सम्राट सापकोटाको निर्देशनमा बन्ने पासवर्डमा सन्नीसँगै केही नेपाली चर्चित कलाकारहरुले काम गर्नेछन्। फिल्ममा अनुपविक्रम शाही, विक्रम जोशी, छुल्ठिम गुरुङ, वुद्धि तमाङ, रविन्द्र झा, प्रविण खतिवडा लगायतको मुख्य भूमिका रहनेछ।
फिल्ममा मुख्य भूमिकामा प्रस्तुत हुन लागेका नायक अनुपले फिल्ममा सन्नी फाइनल भएको सत्य बताए। उनले भने, ‘हाम्रो फिल्ममा उहाँ अनुवन्धित भइसक्नु भएको छ। यो सत्य हो।’ अगस्ट अन्तिम साताबाट छायांकन सुरु गरिने फिल्मको सम्पूर्ण छायांकन लण्डनमा गरिनेछ। फिल्म छायांकनको लागि प्राविधिक टोली लण्डन पुगिसकेको छ। फिल्मलाई २०१९ भित्रमा रिलिज गर्ने तयारीमा निर्माण युनिट रहेको छ। छायांकनको लागि सन्नी केही दिनमा लण्डन पुग्नेछिन् भने अनुप शुक्ररबार लण्डन प्रस्थान गर्दैछन्।