हाम्रै बुई चढेर देउवाले हाम्रै टाउकोमा गिर खेलेको भन्दै, माधव नेपालले देउवालाई दिए कडा चेतावनी

शनिबार, ७ साउन २०७९

काठमाडौं – नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले नेपाली कांग्रेसले  हाम्रो बुई चढेर पहिलो पार्टी बन्दै हाम्रै  टाउकामा गिर खेलेको बताएका छन् ।

अध्यक्ष नेपालले आफूहरुले एमालेविरुद्ध कांग्रेसलाई साथ दिनुको कारण प्रष्ट्याउने क्रममा सोभियतकालीन रुस र चीनको सम्बन्धको उदाहरण दिए । रुस र चीन दुवै कम्युनिष्ट मुलुक भए पनि रुसलाई पछार्नुपर्ने अवस्थामा चीनले अमेरिकालाई साथ दिएको नेपालले बताएका हुन् ।

निर्वाचन भयो निर्वाचनमा कम्युनिष्टभन्दा कांग्रेस माथि पुग्यो हामि सबै मिलेर एमालेलाई पछार्यौ तर चुनाव जितेपछि त्यसले पनि अहंकार देखाउन थालेको भन्दै नेता नेपालले यस्तो अभिव्यक्ति दिएका छन्  ।

हाम्रो बुई चढेर ठूलो पार्टी बन्ने एमालेको टाउकामा गिर खेल्ने अनि हामीलाई नै हेप्ने बाइपास गर्ने होकी भन्ने  डर भएको आसय  व्यक्त गरेका छन् ।’

दुईतिहाइको फुर्ती देखाउनेलाई सडकमा फालेर आफूहरुले इतिहासमा कीर्तिमान बनाएकोले अहंकार नटिक्ने बताएका हुन्  ।

नेकपा एस निकट नेपाल तामाङ संघ समाजवादीको राष्ट्रिय भेलालाई शनिबार काठमाडौंमा सम्बोधन गर्दै अध्यक्ष नेपालले दम्भी र अहंकारीलाई सडकमा फालेर कांग्रेसको नेतृत्वमा सरकार बनाउनुपरेको समेतबताए ।

नेपालले भने, ‘इतिहासमा हामीले कीर्तिमान बनायौं । दुईतिहाइको फुर्ती देखाएकालाई सडकमा फालिएको पनि देख्यौं । नेपाली कांग्रेसको नेतृत्वमा सरकार बनायौं । निर्वाचन भयो । निर्वाचनमा कम्युनिष्टभन्दा कांग्रेस माथि पुग्यो । चुनाव जितेपछि त्यसले पनि अहंकार देखाउन थाल्यो । अर्को दुःख थपिने हो कि भन्ने चिन्ता छ । हाम्रो बुई चढेर ठूलो पार्टी बन्ने लेमलेको टाउकामा गिर खेल्ने अनि हामीलाई नै हेप्ने बाइपास गर्ने होकी भन्ने  डर भएको आसै व्यक्त गरेका छन् ।’