जति लुकाउन खोज्दा पनि लुकेन आरजुको भारत भ्रमणको रहस्य, अस्पतालबाटै चुहियो सूचना

मंगलबार, १० साउन २०७९

काठमाडौं – प्रधानमन्त्री शेरबहादुर देउवाकी पत्नी आरजु राणा देउवाको अप्रेसन भएको छ । भारतको दिल्ली स्थित म्याक्स अस्पतालमा उनको अप्रेसन भएको हो ।

नेपाली कांग्रेसकी केन्द्रीय सदस्य समेत रहेकी राणाले सोमबार सामाजिक सञ्जालमार्फत सफल अप्रेसन भएको जानकारी दिएकी हुन् । उनले पाठेघरको अप्रेसन गरेकी उनी निकट श्रोतको भनाई छ ।

निकटवर्तीहरुका अनुसार आरजुले पाठेघरको मुखको क्यान्सरको आशंकामा परीक्षण गराए पनि पुष्टि भएन । तर, चिकित्सकले पाठेघर निकाल्न उपयुक्त हुने सुझाव दिएपछि पाठेघर निकालिएको पारिवारिक स्रोतले जानकारी दिएको छ ।

क्यान्सर भनेर शंका गरिएको भएपनि उनलाई क्यान्सर नभएको पत्ता लाग्यो । क्यान्सर नभएपछि के को अप्रेसन गर्ने । अप्रेसनमा लागि भारत आएको भन्ने हल्ला नेपालमा व्यापक चलेको थियो । उनी दोधारमा परिन् । अन्तिममा डाक्टरले पाठेघर पालिदिदा राम्रो हुने सल्लाह दिए ।

अब सामान्य पाठेघर फाल्न भारत जाने भनेर उनको विरोध हुनेवाला छ । उनको मिसन नेपालको पहिलो महिला प्रधानमन्त्री बन्ने हो । पटक पटकको भारत भ्रमणले स्पष्ट चित्र देखाएकाले आरजुले लुकाउन खोजेको रहस्य पनि लुक्न नसकेको हो

केही समययता आरजुले पटकपटक दिल्ली भ्रमण गरेकी थिइन । उनको भ्रमणलाई लिएर बिभिन्न प्रश्न उठिरहेका बेला उनको शल्यक्रियाको खवर बाहिर आएको हो ।