कटवाल प्रकरणको झल्को दिनेगरि प्रचण्डले फेरी जिस्क्याए नेपाली सेना !
काठमाडौं – प्रतिनिधीसभाको बैठकको सुन्य समयमा माओवादी केन्द्रका सांसदहरुले प्रधानसेनापति प्रभुराम शर्माको अष्ट्रेलिया भ्रमणप्रति प्रश्न उठाएका छन् ।
सशस्त्र युद्धबाट शान्ति प्रक्रियामा आई पटक–पटक माओवादीले नेपाली सेनाभित्र हात छिराएर विवादित काम गर्दै आएको र आलोचना खेप्दै आएको माओवादीले फेरी सेनाको बिषय उठाउनुलाई गम्भीरता पुर्वक हेरिएको छ ।
संसदमा बोल्दै सांसदहरुले पार्टीको रुलिङ्ग अनुसार नै आफुले सेनापतिको भ्रमणको बिषय उठाएको बताएपछि यसलाई कटुवाल प्रकरण संग जोडेर बिस्लेषण हुन थालेको हो। पूर्व सेनापति रुक्मांगत कटुवाल प्रकरणमा पनि माओवादीले सेनालाई गिजोल्दा नाराम्ररी पछारिएको थियो, बर्षौपछि फेरी सेनाकै बिषयलाई लिएर माओवादीले पार्टीको रुलिङ भन्दै प्रश्न उठाएपछि फेरी पुरानै बाटो अबलम्बन गरेको भन्दै अर्कै कोणबाट चर्चा सुरु भएको छ।
मंगलबार संसदको शून्य समयमा माओवादी केन्द्रका सांसदहरुले सेनासँगै जोडिएको विषय उठाए । माओवादी केन्द्रका सांसदद्वय अमृता थापा र अन्जना विशंखेले प्रधानसेनापति प्रभुराम शर्माको अष्ट्रेलिया भ्रमणप्रति प्रश्न उठाएका थिए ।
शर्माले सहभागिता जनाउन गएको ‘एनुअल चिफ अफ डिफेन्स कन्फ्रेन्स’ अमेरिकाले अघि सारेको ‘इन्डो प्यासेफिक स्ट्राटेजी’ अन्तर्गत भएको उनीहरुको दाबी थियो । संसदको शून्य समयमा कुरा उठाउने मध्येकी एक सांसद अन्जना विशंखेले सेनापतिको भ्रमण इन्डो प्यासेफिक स्ट्राटेजी अन्तर्गत भएकाले आफूहरुले विरोध गरेको बताइन् ।
‘यो सम्मेलनमा प्रधान सेनापतिलाई पठाउनु भनेको हामी इन्डो प्यासेफिक स्ट्राटेजी अन्तर्गतको सम्मेलनमा सहभागी हुनु हो,’ उनले भनिन्, ‘आईपीएसको अंग त हामी होइन । हामी हुँदा पनि हुँदैनौं भनेर त्यत्रो १२ बुँदे व्याख्यात्मक घोषणा संसदबाट पारित भएको हो । त्यो केटाकेटी खेल त होइन ।’
उनले प्रधान सेनापतिलाई सम्मेलनमा पठाएकोबारे सरकारसँग आफूहरुले जवाफ मागेको बताइन् । ‘त्यो पारित गरेर हामी आईपीएसको अंग हुँदैनौं भने अनि प्रधानसेनापति आईपीएसको सम्मेलनमा जाने रु यो सरकारले जवाफ दिनुप¥यो भनेर हामीले कुरा उठाएको हो,’ विशंखे भन्छिन् ।
यो विषयमा पार्टीले कुरा उठाउन ‘रुलिङ’ गरेकाले पनि आफूहरुले यो कुरा उठाएको विशंखेको भनाइ छ। ‘पार्टीबाटै यो कुरा उठेको भएर हामीले यो कुरा उठाएको हो,’ उनको भनाइ छ, ‘पार्टीका मुख्य सचेतकको पनि ध्यानाकर्षण भएको छ । हामीले हाम्रो दलको रुलिङ अनुसार नै यो कुरा उठाएको हो ।’
सांसदहरुले संसदमा उठाएको विषयबारे आफूहरुले प्रतिक्रिया नजाउने बताउँछन् नेपाली सेनाका प्रवक्ता नारायण सिलवाल । ‘सांसद ज्युहरुले संसदमा उठाएको कुरामा हाम्रो प्रतिक्रिया हुने कुरा भएन,’ उनले भने, ‘हामीले प्रधान सेनापतिज्यु के मा जानु भएको हो, कसको स्वीकृतिमा, कसको निमन्त्रणामा जानु भएको हो भन्ने सबै कुरा प्रेस विज्ञप्तिमा जारी गरेर उल्लेख गरेका छौं ।’
सिल्वालले भने अनुसारै सेनाले शर्माको अष्ट्रेलिया भ्रमणबारे विज्ञप्तिमार्फत जानकारी दिएको छ। विज्ञप्तिमा मन्त्रीपरिषद्को स्वीकृतिमा अष्ट्रेलिएको रक्षा बलको संयोजकत्वमा ‘यूएस इन्डो प्यासेफिक कमाण्ड’ले आयोजना गरेको सम्मेलनमा शर्मा सहभागि भएको उल्लेख गरिएको छ।
सेनाले २०५६ सालदेखि उक्त सम्मेलनमा निरन्तर सहभागिता जनाउँदै आएको बताउँदै एशिया प्रशान्त क्षेत्रका सेना प्रमुखहरुको उपस्थितिमा अन्तर्राष्ट्रिय सुरक्षा लगायतका विषयमा छलफल हुने गरेको प्रष्ट पारेको छ।
‘२०५६ सालदेखि नेपाली सेनाले निरन्तर सहभागिता जनाउँदै आएको उक्त सम्मेलनमा एशिया प्रशान्त क्षेत्रमा अवस्थित राष्ट्रका सेना प्रमुखहरुको उपस्थितिमा विद्यमान अन्तर्राष्ट्रिय सुरक्षा एवं आपसी सहयोगका पक्षहरुलाई समेटी विविध सुरक्षाका विषयहरुमा छलफल हुनुका साथै सहभागी राष्ट्रका सेना प्रमुखहरुबीच अन्तर्राष्ट्रिय सुरक्षा वातावरण, प्रविधि, रणनीतिक सोच लगायतका समसामयिक विषयहरुमा छलफल, अन्तरक्रिया तथा विचार आदानप्रदान हुनेछन्,’ विज्ञप्तिमा भनिएको छ।
अन्तर्राष्ट्रिय सम्बन्धन र सैन्य कूटनीतिबारे कलम चलाउँदै आएका नेपाली सेनाका पूर्व उपरथी बिनोज बस्न्यात सम्मेलन र आईपीएसबीच भिन्दाभिन्दै विषय भएको बताउँछन् ।