यातायात मन्त्री राईले दिएको यस्तो खतर्नाक चेतावनीले ठेकेदारहरुको चल्यो रूवाबासी !

बुधबार, ११ साउन २०७९

काठमाडौँ – भौतिक पूर्वाधार तथा यातायातमन्त्री मोहम्मद इश्तियाक राईले  दिएको चेतावनीले नारायणघाट–बुटवल सडक  आयोजनाका ठेकेदारहरुको रुवाबासी चल्ने भएको छ।

बुधबार प्रतिनधिसभाअन्तर्गतको विकास तथा प्रविधि समितिको बैठकमा राईले नारायणघाट–बुटवल सडक आयोजनाको काम निराशाजनक रहेको भन्दै  ठेक्का रद्द गर्ने चेतावनी दिएपछि ठेकेदारहरुको रुवाबासी हुने भएको हो।

आयोजनाको ठेक्का रद्द गर्दा लागत बढ्ने लगायतका जटिलता भोग्नुपरे पनि उपलब्धीमूलक निर्माण हुन नसके ठेक्का तोड्ने उनको भनाइ थियो । सडक विभागका महानिर्देशक र सचिवलाई सांसदहरूले चासो राखेर जिज्ञासा गरेका आयोजनाको तत्काल समाधान गर्न पनि उनले निर्देशन दिए ।

‘नारायणघाट(बुटलव सडक खण्डको विषय काम राम्रो नभएकाले ठेक्का रद्द गर्ने कि नगर्ने आयोजना प्रमुखले लिखित रूपमा पत्रचार गर्नुभएको छ । मैले ठेक्का रद्द गर्ने कुरा सार्वजनिक रूपमा नै भनेको छु,’ राईले भने, ‘समितिले ठेक्का रद्द गर्न निर्देशन दिओस्, निर्देशनपछि एकपटक निर्देशन गर्छौं भएन भने जे जति क्षती भए पनि ठेक्का तोड्छौँ ।’

राईल काठमाडौं उपत्यकालगायत मन्त्रालयको क्षेत्राधिकारभित्र पर्ने कुनै पनि सडक मर्मतका समस्या समाधानका लागि मन्त्रालय तत्पर रहेको बताए ।