वर्तमान राजनीतिक अवस्था र नेकपाले लिएको बाटो

बिहिबार, १२ साउन २०७९

काठमाडौँ – २०७७ साल फाल्गुन २१ गते नेपाल सरकार र नेपाल कम्युनिस्ट पार्टी बीच ३ बुदे समझदारी सम्पन्न भयो।सहमति को पहिलो बुदामा भनिएको थियो कि नेपाल को राजनीतिक , आर्थिक , सामाजिक , सास्कृतिक र स्वाधीनता को समस्या लाई शान्तिपूर्ण सम्बाद मार्फत समाधान गर्ने।तेसैगरी दोश्रो बुदामा नेपाल कम्युनिस्ट पार्टी ले सम्पुर्ण राजनीतिक कार्यक्रम हरु शान्तिपूर्ण रुपमा संचालन गर्ने।तेसैगरी तेस्रो बुदामा नेपाल कम्युनिस्ट पार्टी माथी लगाएको प्रतिबन्ध खारेज गर्ने, झुट्टा मुद्दामा जेल मा रहेको सम्पुर्ण कार्यकर्ता लाई रिहाई गर्ने र नेपाल कम्युनिस्ट पार्टी को नेताकार्यकर्ता माथी लगाइएको सम्पुर्ण झुट्टा मुद्दा खारेज गर्ने।नेपाल कम्युनिस्ट पार्टी माथी लगाइएको प्रतिबन्ध त्यहि दिन खारेज भयो भने नेपाल कम्युनिस्ट पार्टी ले आफ्नो सम्पुर्ण राजनितीक क्रियाकलाप शान्तिपूर्ण रुपामा संचालन गरिरहेको छ । तर सरकार को तर्फबाट गर्नु पर्ने अन्य कुनै पनि बुदा आज सम्म कृयान्वयन गरिएको छैन।

नेपाल कम्युनिस्ट पार्टी संग भएको सहमति लाई कार्यन्वयन गरेर देश र जनतालाई निकास दिनुको सट्टा राज्यको नालयक दलाल साशक हरु एक पछि अर्को गर्दै राष्ट्रघाती सम्झौता हरु नेपाली जनतालाइ लाद्न तल्लिन छ। नेकपा संग भएको तेस्रो बुदा कार्यान्वयन भएपछी पहिलो बुदामा छलफल गर्ने भन्ने सहमती भएको थियोे ।पहिलो बुदा अन्तर्गत को नेपाल को राजनितीक , आर्थिक लागाएत स्वाधीनता को समस्या लाई समाधान गर्न को निम्ति नेकपा ले आफ्नो सु( स्पष्ट बिचार अघि सारिएको थियोे।जस अन्तर्गत नेपालि जनताले पटकरपटक नेपाल का सबै दल र नेता हरुलाइ चुनाब मा जिताएर पठाइयो तर कुनै पनि दल र नेताले जनताको जीवन र भबिष्य को बारेमा कहिल्यै केही गरेन त्यसकारण अब पार्टी र नेता छन्ने होइन कि जनतालाई आफ्नो भबिष्य निर्माण गर्ने ब्यवस्था छान्ने अधिकार जनता आफैलाइ दिनु पर्दछ।त्यसका लागि दलाल सम्सदिय पुजीवादी ब्यवस्था ठिक कि बैज्ञानिक समाजबाद ठिक भन्ने बिषयमा जनमत संग्रहको चुनाव गरौ र यदि जनताले दलाल पुजिबाद लाई नै रोज्यो भने तिमी दलाल हरु नै देश चलाउ यदि जनता ले बैज्ञानिक समाजवाद लाई रोज्यो भने हामी देश चलाउछौ भन्ने नेपाल कम्युनिस्ट पार्टी को राजनितिक कार्यक्रम थियो।

नेपाल कम्युनिस्ट पार्टी ले अघि सारेको राजनितीक कार्यक्रम बैज्ञानिक समाजबाद कि दलाल संसदिय पुजिबाद छान्नु को निम्ति जनमतसंग्रह को चुनाब गर्नु को सट्टा सरकार उहीँ पुरानै सडेगलेको काम नलाग्ने भएको स्थानिय तहको चुनाब मा अघि बध्यो। खासगरी सरकारले स्थानिय तहको चुनाब घोषणा गर्नु को कारण नेकपा संग गरेको सहमति तोद्नु थियो ।त्यो चुनाव नेकपा संग भएको सहमति को विरुद्ध मा थियो। सरकार चुनाब को तयारी मा जाने र नेकपा चुनाब को विरुद्ध बहिष्कार मा जान्छ त्यसपछी नेकपा संग भएको कुनै पनि सहमती पनि कार्यन्वयन गर्नु पर्दैन र चुनाब बहिस्कार गरेपछी यहि बहानामा नेकपा लाई पुर्न प्रतिबन्ध लगाइदिनु पर्छ भन्ने सरकारको षड्यन्त्रकारी बुझाइ थियो। नेकपा लाई प्रतिबन्ध लागाएपछी मस्तराम राज्यको दुकुती लुतेर खानु पाउछ र दलाल सत्ताको लुतको स्वर्ग अलिबार लम्बिन्छ र जनतालाई लुटिरहनु पाइन्छ भन्ने बुझाइ दलाल साशक को थियो। एकप्रकारले भन्दा खेरी गएको स्थानिय चुनाब नेकपा लाई राज्य द्वारा थापेको राजनितिक धराप थियो ।त्यो राजनितिक एम्बुस मा नेकपा लाई फसाउनु पायो भने हाम्रो लुटको राज्यको आयु केही समय भएपनी लम्ब्याउन सकिन्छ भन्ने राज्यको दलाल साशक हरुको मनगधन्ते बुझाइ थियोे ।

त्यही सेरोफेरोमा २०७८र१२र४ गतेबाट नेकपा केन्द्रिय समिति को १२ औं पुर्ण बैठक नेकपा को नबनिर्मित केन्द्रिय कार्यलय कपिलवस्तु मा बसेको थियो।। उक्त बैठक मा अन्य विविध बिषय सङगै सरकार ले २०७९र०१र३० गतेको लागि घोषणा गरेको कथित स्थानिय तहको चुनाव को सन्दर्भमा पनि बहस भयो।बहसमा केहिले चुनाब को उपयोग गर्नुपर्ने , केहिले बहिस्कार गर्नुपर्ने र केहिले तटस्थ बस्नुपर्ने मिश्रित खालको प्रतिक्रिया आएको थियो।

यी तिनै खालको प्रतिक्रिया लाई एकीकृत गरेर पार्टी दर्ता गरेर चुनाब मा नजाने तर यो सत्ताको धराप रुपि मोर्चा लाई त्यसै नछाड्ने योजना अनुरुप प्रभाव क्षेत्र र सम्भाबित क्षेत्रहरु मा स्वोतन्त्र उम्मेदवारी दिने र दलाल पुजीवादी सत्ता को भन्दाफोर गर्ने र हाम्रो पार्टी को उदेश्य जनताको माझ लैजाने निर्णय एकमत ले पारित गरिएको थियो।त्यसैगरी हाम्रो उम्मेदवार नभएको ठाउँमा देशभक्त , राष्ट्रबादी बामपंथी , प्रगतिशील जनपक्षीय उम्मेदवार लाई सहयोग गर्ने नीति पास गरियको थियो।यो नीति पास गर्नुको कारण पार्टी लाई जनताबाट नकटाउने र दुस्मनको एम्बुस लाई दुश्मन तिरै फर्काइदिने थियो। हाम्रो बिचार जनतामा लैजाने र दलाल पुजीवादी सत्ता को व्यापक भन्डाफोर गर्ने मुख्य अभिप्राय ले २०७९र०१र३० को स्थानिय चुनाब लाई सामना गर्ने र दुस्मन को धराप लाई सहजै छल्न्ने निर्णय गरिएको थियो।

नेकपा ले स्थानिय चुनाब लाई स्वतन्त्र रुपमा उम्मेदवार दिएर फेस गर्ने निर्णय पारित गरेपछी सिन्धुली जिल्ला को मरिण गाउँपालिकाको अध्यक्ष पदमा चुनाव लद्ने मैले घोषणा गरे।चुनाब हुनु करिब २० दिन जति मात्र हामी संग समय थियो।हामीले हामिसङग भएको सबै सिमित श्रोत साधन लाई केन्द्रित गरेर चुनावी प्रचारप्रसार मा अघि बढीयो।हाम्रो मुख्य मिसन चुनाब जित्ने वा हार्ने भन्दा पनि दलाल पुजीवादी संसदिय ब्यवस्था र उक्त ब्यवस्था लाई सिरोपरी ठान्ने दलाल हरुको कालो कर्तुत को भन्डाफोर तथा पर्दाफास गर्नु थियोे।

जनतालाई चुनाब मा दलाल हरुले कसरी आफ्नो गलत धन्दा लाई ढाकछोप गरि पैसा र धाक ढम्की को बलमा भएभित पार्दो रहेछ भनी नजिकबाट अनुसन्धान गर्नु थियो हामिलाइ आजको दिनको जनताको चेतना स्तर के छरु जनता साच्चिकै क्रान्ति , परिवर्तन , मुक्ति चाहन्छन् कि उहीँ पुरानै सडेगलेको संसदिय फोहोरको दङ्गुर वरिपरि घुमेर रम्न चाहन्छ्न अथवा मुक्तिको यात्रामा अघि बढ्न कुन तत्त्व ले जनतालाई अबरोध गरेको छ भन्ने यथार्थ तत्थ्य पत्ता लगाउनु थियो हामिलाइ।जनताको वास्तविक जीवन स्थिती दलाल हरुले जनतालाई भ्रममा पारी लुटि राख्ने मन्त्र पत्ता लगाउनु थियो हामिलाइ।अन्तत दलाल पुजीवादी संसदिय ब्यवस्थाको विरुद्ध बैज्ञानिक समाजबाट को रुपरेखा जनताको माझ कोर्नु थियो। यी सबै बिषय बस्तु लाई केन्द्र भागमा राखेर हामिले चुनाबी कार्यक्रम हरु व्यापक रुपमा जनताको घर दैलोमा पुर्याएको थियोे।

हामिले मरिणबासी जनताको माझ पेस गरेको न्यून तम कार्यक्रम यस प्रकार थियो।
१ मरिण गाउँपालिका मा बसोबास गर्ने जनता मध्य ८०५ जनता लाई बर्ष भरी खेतीपाती गरेर ६ महिना मात्र खान पुग्ने र अनिकाल परेर ६ महिना बोरा बोक्नु पर्ने दुःखद् अवस्था को अन्त्य गर्छौं ।
२ मरिण गाउँपालिका बाट रोजि रोटीको ब्यवस्था गर्नु को लागि बिदेसिएका सबै युवाहरूलाई नेपाल फर्काएर रोजगारी को ग्यारेन्टी गर्छौं ।
३ मरिण गाउँपालिकामा भएको भ्रष्टाचारिको सम्पती जफत९ कब्जा ० गरि राज्यको मातहत मा ल्याइ जनताको हित मा प्रयोग गर्छौं ।
४ जनताको छोराछोरी लाई १२कक्षा सम्म को पढाई निसुल्क पढाउछौ र त्यो भन्दा माथिको उच्च शिक्षा को लागि विशेष ब्यवस्था गर्नेछौ।

५ मरिण मा बसोबास गर्ने सम्पुर्ण जनताको स्वास्थ उपचारको लागि १ लाख सम्म निसुल्क गर्छौ त्यो भन्दा माथि लाग्ने भएमा बिशेष ब्यवस्था गरि जनतालाई मिर्तु हुनबाट बचाइ सबै नागरिक ले नेता स्वोसरह बाच्न पाउने अधिकार को ग्यारेन्टी गर्छौं ।
६। मरिण गाउपालिका मा बसोबास गर्ने कोहि पनि नागरिक लाई बालिनाली उत्पादन गर्नु को निम्ति जमिन अभाब भएर सुकुम्बासी भएर बस्नु पर्दैन सबै जनतालाई आबश्यकता अनुसारको जमिन बितरन गरि उप्लब्ध गराउछौ। ।
७।मरिण को जनताले उत्पदन गरेर आफुलाइ बढी भएको सबै पसुपन्छी लागाएत खाद्यान्न लाई गाउँपालिकाले खपत गरि बिक्रीवितरण को ब्यवस्था गर्छौ र जनतालाई चाहिने अत्यावश्यक सबै बस्तु निश्चित ठाउँमा केन्द्र निर्माण गरि सहज रुपामा समयमा नै उपलब्ध गर्छौ।

८ मरिण गाउँपालिका को सबै जनताको घर आगनमा कच्ची सडक बाटो पुर्याउछौ। बिजुली बत्ती लागाएत संचारको साधनको सहज सेवा उपलब्ध गराउछौ।
९ गाउँपालिका भित्र जाड रक्सीर जुवातासर रन्डिबाजी र गुन्डागर्दी र धाकधम्की लागाएतको अपराधीक गतिविधि लाई निषेध गर्छौं ।यदि कसैले त्यस्तो कार्य गरेमा १ घन्टा भित्र ठाँउ को ठाउँ जनकारबाही गर्छौ।

१० अहिलेसम्म भएको जनताको जनहित बिरोधी
ऐनकानुन हरुलाइ खारेज गरि जनताको हितार्थ जनताको जीवन मा खुसी ल्याउने र जनताको नया मुहार फेर्ने कानुन निर्माण गर्छौ ।
११ दलाल पुजीवादी लुटेरा सम्रचनालाइ ध्वस्त बनाउन को निम्ति सम्पुर्ण उत्पीडित जनतालाई प्रसिक्षित गर्दै दलाल पुजीवाद को निरन्तर भन्दाफोर गर्छौ र बैज्ञानिक समाजबाट को मोडेल निर्माण गर्छौ।

यी उल्लेखित बुदा हरु नै गएको स्थानिय चुनाब मा जनताको माझ हामिले व्यक्त गरेका थिए। बास्तबमा झुपडीमा बस्ने र बलेसिको पानी थापेर जिबिका चलाउने जनताको लागि यति उल्लेखित काम हुने हो भने जनताको लागि साच्चिकै स्वर्ग छ भने त्यही नै स्वर्ग हुनेथियो ।तर बिडम्बना चुनाव को मत परिणाम ठिक उल्टो भयो र उहीँ पुरानै जनतामारा लुटेरा माफियाहरुको हातमा गयो।फेरि उहीँ दलाल पुजीवादी संसदिय ब्यवस्थाको मतियार हरुको हातमा सत्ता पुग्यो । पुर्ण फेरि जनतको उहीँ कष्टकर दुस्खद जिबनको सुरुवात भयो। किनभने यो दलाल पुजीवादी सत्तामा दलाल माफियाहरु नै धाकधम्की, भोज र भतेर र पैसाको बलमा जनतालाई भ्रममा पारी चुनाब जित्छन त्यस्कारण हाम्रो पार्टी नेकपा ले दलाल पुजिबाद को विकल्प मा बैज्ञानिक समाजबाद अपरिहार्य छ भनि यो दलाल पुजिबाद्को विरुद्ध बिद्रोह गरेको हो।

यो दलाल सत्ता को स्थानिय चुनाव बाट हामिले लिएको अनुभव र शिक्षा ( जसरी हामिले सिद्धांत त यो दलाल पुजिबादी संसदिय ब्यवस्था काम नलाग्ने र असफलसिद्ध भएको तत्थ्य र कुरा जनताको माझ गर्दै बिगत लामो समय देखि हिडेको थियो।यो चुनाब बाट ब्यवहारिक रुपमा नै यो ब्यवस्था सच्चिकै जनतालाई काम नलाग्ने रहेछ र जनताको असल र योग्य ब्यक्ति भन्दा पनि पैसा, जाड र रक्सी भोजर भतेर र धाकधम्किको बलमा दलाल माफिया हरु जनतको नकचडो साशक बन्ने रहेछ भन्ने कुरा ब्यवहार सिद्ध प्रमानित गर्ने अबसर प्राप्त भयो। यो चुनाव मा भ्रष्ट दलाल हरुले जाडर रक्सी , भोजर भतेर , गुन्डागर्दी र पैसाको प्रभाबमा जनतालाई क्षेनिक प्रलोभनमा पारी लुतेरा भ्रष्ट दलाल हरुलाइ भोट हाल्न बाध्य बनाउदा रहेछ भन्ने तत्थ्य नजिकबाट प्रमानित गर्ने मौका मिल्यो । त्यस्कारण दलाल संसदिय पुजीवादी ब्यवस्था को जुनसुकै निकाएको चुनाब यदि जितिनै हालेपनी जनताको हितमा केही पनि गर्न नसकिने र पैसा खर्च गरेर जित्ने हरुले पनि बाध्य भएर आफ्नो चुनाब को खर्च असुल्न लाग्नु पर्ने बाध्यात्मक परिस्थिति आइलाग्दो रहेछ।यो चुनाब जित्ने उम्मेदवार ले कम्तीमा १ करोड खर्च गरेको प्रारम्भिक अनुमान थियोे ।त्यसकारण यो चुनाब जनताको असलि प्रतिनिधि चयन गर्ने भन्दा पनि लुतेरा भ्रष्ट ठेकेदार हरुको पैसाको प्रतिस्पर्धा हुने र जस्ले धेरै खर्च गर्यो उहीँ निर्बाचित हुने हुदा यो दलाल पुजीवादी ब्यवस्था रहुन्जेल जनताले आफ्नो असली प्रतिनिधि छान्न पाउन सकिँदैन भन्ने प्रमानित भयो।

यसरी हेर्दाखेरी भ्रष्ट लुटेरा दलाल हरु र हाम्रो बिचमा कुनै पनि कोनबाट प्रतिस्पर्धा नै हुन सक्दैन हामिसङग तर उहीँ भ्रष्ट ठेकेदार हरुले चुनाब जित्छ्न । हामिले पेस गरेको कार्यक्रम, हाम्रो पार्टी को दृष्ट्रीकोण, हाम्रो ब्यक्तित्वो यो सबै तिरबाट नाप्दा हामिनै जनताको असली प्रतिनिधि पात्र हुन तर यो ब्यवस्था को मतियार हरुले हामिलाइ जनतामा जानबाट कटाईएको थियो।दलाल हरुले आफ्नो मात्र गुण को बख्यान गरेको कारण जनतालाई हामी भन्दा उहीँ लुतेरा हरुनै प्यारो जस्तो परेको थियो।त्यसकारण यस्पाली हामिले हाम्रो दृष्टिकोण सहि हुदा हुँदै पनि हामीले जनतालाइ बुझाउन सकिएन र परिणाम उहीँ लुतेराको पोल्तोमा पुग्यो।किनकि हाम्रो पार्टीमाथी सरकारले २ बर्ष प्रतिबन्ध लगाएको थियो।प्रतिबन्ध खोलेपछि पनि स्थानिय दलाल हरुले फेरि पनि हाम्रो पार्टी ले बन्दुक बोक्छ र लडाइँ हुन्छ भन्ने भ्रम फिजाइ जनतालाई हाम्रो पार्टी बाट त्रसित बनाएको थियो।हामी र जनताको बिचको सम्बन्ध टुटेको र दलाल हरुले जबर्जस्त टुटाएको थियो।त्यसकारण यो चुनाव द्वारा जनता र हाम्रो टुटेको सम्बन्ध जोद्न हामी सफल भयो ।

जनतालाई हाम्रो पार्टी प्रति परेको भ्रम पनि तोदिदियो।यति सम्म भ्रम कि अहिले हामिलाइ भोट हाल्यो भने र यदि पछि हामी र हाम्रो पार्टी भुमिगत भयो भने हामिलाइ केहि हुन्छ कि रु भन्ने सम्मको जनतालाइ दलालले भ्रमित परेको रहेछ। अर्को कुरा यदि बिप्लब का मन्छेहरुले चुनाब जित्यो भने त ठिकै होला तर यदि हार्यो भने ऐले बिप्लब हरुलाइ भोट हाल्ने जनता सबैलाई पुलिसले समातेर लैजान्छ भन्ने समेतको भ्रम स्थानिय दलालहरुले जनतामा फिजाएको रहेछ।त्यसकारण यी यावत भ्रमहरुलाइ चिर्दै दलाल भ्रष्ट लुटेराहरुको पाखन्डी जाल साझी लाई सहजै पर्दाफास गर्न हामी सफल भयो।हाम्रो जनपृय पार्टी नेकपा ले अख्तियार गरेको बैज्ञानिक समाजवाद को कार्यक्रम जनताको मनमष्टिस्कमा छिराउनु पायो भने जनताको मष्टिस्कबाट दलालहरुको जाल्साझिपुर्न षड्यन्त्र को भ्रम लाई मुक्त गर्न पाइयो।दलाल पुजीवादी भ्रष्ट लुतेराहरुको जन्मकुन्दली सहित जनताको माझ उडाङ्गो भएको छ।हाम्रो पार्टी ले लिएको बिचार र नितिहरु जनताहरुले आत्मसात गरेको छ।

यो चुनाब बाट के कुरा सिद्ध भयो भने दलाल हरुले ठापेको सबै प्रकारको धराप र दलालहरु ले खडा गरेको सबै क्षेत्र को मोर्चाको हामिले सकृय सामाना गर्नुपर्छ भन्ने कुरा हामिलाइ सुचित गराएको छ।यो चुनाब बाट यो पनि प्रमानित भयो कि दलालहरुले नेपाली उत्पीडित जनतालाइ मजाले दाइ लगायको छ यो दमनरुपी दाइको मियो बाट जनतालाइ फुत्काउने दायित्व हाम्रो र नेकपाको हो भन्ने झन बढि उत्तरदायित्व बोध भएको छ हामिलाइ अन्त्यमा यसपालिको चुनाब कोहि कसै ले जितेको भन्दापनी पैसाले जितेको हो त्यस कारण सधैभरी पैसा बाडेर त्यो अस्तित्व धान्न सम्भब छैन ।

यदि पैसाले टीक्ने भएत पुर्ब राजा ज्ञानेन्द्र साह संग नेपालै किन्ने पैसा थियो त्यही पैसाले आफ्नो २३८ बर्षे साशनको बिरासत लाई जोगाउने थियो तर त्यसो गर्न सम्भब भएन त्यसकारण पुजीवादी सत्ता को सम्भब त यो चुनाब नै अन्तिम हुनेछ र निकट भबिष्य मा नै नेपाल मा बैज्ञानिक समाजबादको उदय हुनेछ र सिङ्गो उत्पीडित नेपाली जनता दलाल हरुको दमनरुपी उत्पिदनको जातोबाट मुक्त हुनेछ। लेखक नेकपाका ओखलढुङ्गा जिल्ला सेक्रेटरी हुन्