प्रचण्डले बनाए १९ जना उपाध्यक्ष, को बने महासचिव ?

आइतबार, १५ साउन २०७९

काठमाडौं – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले १९ जना उपाध्यक्षसहितको ६१ सदस्यीय पदाधिकारी चयन गरेका छन् । पार्टी निकट पत्रकारहरुको संगठन प्रेस सेन्टर नेपालको शनिबार सम्पन्न बैठकबाट १९ उपाध्यक्षसहित ६१ सदस्यीय पदाधिकारीको टुंगो लगाएका हुन् ।

संगठनको महासचिवमा सन्तोष पौडेलचयन भएका छन् । यसअघि २०७८ मंसिर १८ र १९ गते चितवनमा आयोजित प्रेस सेन्टरको १४ औं महाधिवेशनले अध्यक्षमा विष्णु सापकोटामात्र चयन गरेको थियो । पदाधिकारी टुंगो लागेको थिएन ।

१४ औं महाधिवेशन भएको आठ महिनापछि काठमाडौंको बत्तिसपुतलीस्थित अनुपम फुडल्याण्डमा (शुक्रबार) देखि जारी केन्द्रीय समितिको दोस्रो पूर्ण बैठकले ६१ सदस्यीय पदाधिकारी चयन गरेको हो ।

संगठनको वरिष्ठ उपाध्यक्षमा कमल गिरी, कोषाध्यक्षमा डिल्ली मल्ल र सहकोषाध्यक्षमा बुद्ध लोप्चन चयन भएका छन् । यसैगरी १९ जना उपाध्यक्ष, २७ जना सचिव र १० जना उपमहासचिव पनि चयन भएका छन् ।