वाईडेनको मगज हल्लिनेगरि अमेरिका बिरुद्ध मिसाइल सहित लड्न पुटिनले सेनालाई दिए यस्तो खतर्नाक निर्देशन !

सोमबार, १६ साउन २०७९

काठमाडौं – रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले रुसको स्वतन्त्रता र सम्प्रभुतामाथि आक्रमण गर्नेहरुविरुद्ध जिरकोन हाइपरसोनिक मिसाइल सहित अमेरिकासंग लड्न तयार रहन निर्देशन दिएका छन्।

देशको सम्प्रभुतामाथि आक्रमण गर्नेहरुविरुद्ध जिरकोन हाइपरसोनिक मिसाइल सेनालाई उपलब्ध गराइने बताउदै अमेरिकी प्रभुत्वको सामना गर्न सक्ने गरी ‘महान सामुद्रिक शक्ति’ बन्न निर्देशन दिएका हुन्।

रुसको नौसेना दिवसको अवसरमा सेन्टपिटरर्सबर्गमा आयोजित समारोहलाई सम्बोधन गर्दै पुटिनले रुस महान सामुद्रिक शक्ति बन्न चाहेको बताएका छन् ।

उनले नेटोको प्रसारका साथसाथै समुद्रमा प्रभुत्व बढाउने अमेरिकाको कोसिस रुसका लागि ठूलो खतरा भएको बताएका छन् ।

उनले रुसको स्वतन्त्रता र सम्प्रभुतामाथि आक्रमण गर्नेहरुविरुद्ध जिरकोन हाइपरसोनिक मिसाइल सेनालाई उपलब्ध गराइने पनि बताए । बीबीसीका अनुसार ती मिसाइलले ध्वनीको गतिमा आक्रमण गर्ने क्षमता राख्छन् ।