नाग पञ्चमीको अबसरमा भोली सार्वजनिक विदा
काठमाडौँ – सरकारले साउन शुक्ल पञ्चमी (नाग पञ्चमी) को अवसरमा सार्वजनिक विदा दिएको छ । साउन १७ गते मंगलबारका दिन कर्णाली प्रदेश सरकारले सार्वजनिक विदा दिएको हो ।
कर्णाली प्रदेशको आन्तरिक मामिला तथा कानून मन्त्रालयद्वारा जारी विज्ञप्तिमा सरकारी तथा सार्वजनिक संघ संस्थाहरुमा सार्वजनिक बिदा दिने निर्णय भएको जनाइएको छ ।
कर्णाली प्रदेश सरकारको मन्त्रिपरिषद्ले २०७८ चैत्र २९ गतेको निर्णय अनुसार सार्वजनिक विदा दिइएको विज्ञप्तिमा उल्लेख गरिएको छ ।
