प्रधानमन्त्री माग्न पशुपतिको शरणमा केपी ओली !

सोमबार, १६ साउन २०७९

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली अहिले पशुपतिको विशेष आरतीमा सहभागी भएका छन्  ।

द्वन्द्वात्मक भौतिकवादलाई बैचारिक आदर्श मान्ने मुलुककै सबैभन्दा ठूलो कम्युनिष्ट पार्टीका अध्यक्ष पशुपतिमा आरतीका लागि पशुपति पुगेका हुन् ।

द्वन्द्वात्मक भौतिकवादलाई साइड लगाएर कम्युनिस्ट नेता पशुपतिमा आरतीको लागी जानुलाई आगामिक निर्वाचनपछि पहिलो पार्टी हुदै प्रधानमन्त्री सम्मको अपेक्षा सहित पशुपतिको शरणमा पुगेको भन्दै जनस्थरबाट खिसिटिउरि हुन थालेको पाइएको हो।

ओलीका प्रेस संयोजक रामशरण बजगाइँका अनुसार आरतीमा सहभागी हुन उनी अहिले पशुपतिमा पुगिसकेका छन् ।

आरतीमा सहभागी भएसँगै ओलीले मन्दिरको पनि दर्शन गर्ने कार्यक्रम छ । यसअघि प्रधानमन्त्री हुँदा उहाँले पशुपति मन्दिरमा सुनको जलहरी चढाउनु भएको थियो ।