प्रचण्डले गरे खुसुक्क अर्को राष्ट्रघात !
काठमाडौं – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अर्को राष्ट्रघात गरेका छन् । कायममुकायम प्रधानन्यायाधीश दीपककुमार कार्कीलाई भेटेर गम्भीर राष्ट्रघात गरेका हुन् ।
युरोपियन युनियनका एजेण्टको ट्याग लागेका कार्कीलाई भेटेर प्रचण्डले उनीहरुको स्वार्थमा फैसला गर्न दवाव दिएका छन् । विशेषगरी नागरिकता विद्येयक अदालतमा आउनसक्ने सम्भावनालाई मध्यनजर गर्दै प्रचण्डले कामु प्रधानन्यायाधीश कार्कीलाई भेटेका हुन् ।
नागरिकता विद्येयकमा अंगिकृत नागरिकत वितरण गर्ने प्रावधानलाई खुकुलो बनाएको भन्दै आलोचना भइरहेको छ । नागरिकता विद्येयक भारतीयहरु र युरोपियनहरुको दवावमा संसदबाट पास भएर राष्ट्रपति विद्यादेवि भण्डारीले प्रमाणिकरण गरिसकेका छन् । प्रचण्डले केही दिन अघि यसैविषयमा कार्कीलाई भेटेका थिए ।
यसैबीच, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पनि फायर खोलेका छन् । ओलीले राजनीतिक दलका नेताहरुसँग भेटघाट गरेकोबारे प्रश्न उठाएका छन् । ओलीले सर्वोच्चका कायममुकायम प्रधानन्यायाधीश दीपककुमार कार्कीले राजनीतिक दलका नेताहरुसँग भेटघाट गरेकोबारेमा प्रश्न उठाएका हुन् ।
कामु प्रन्या कार्कीले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँगको भेटबारे आइतबार राष्ट्रिय युवा संघको नेपालको पहिलो बैठकलाई सम्बोधन गर्दै ओलीले प्रश्न उठाए।
बैठकलाई सम्बोधन गर्दै ओलीले न्यायालयका मुख्य व्यक्तिले राजनीतिक दलका नेताहरुसँग भेटघाट गर्नाले न्यायमा सम्पादनमा नराम्रो असर पर्ने भन्दै कटाक्ष गरेका छन् । ‘तपाईँहरू देखिरहनुभएको छ, समाचारहरू अखबार र अनलाइनमा आइरहेका छन् । एकजना नेता कुदेर कामु प्रधानन्यायाधीश कहाँ गएर २ घण्टा बसे । त्यहाँबाट बाहिर निस्किएपछि ती नेता घरतिर लागे, श्रीमानजी अदालततिर जानुभयो ।’ ओलीले भने ।