संसद बाहिर रहेका ठूला चार पार्टीले पार्टी एकता गर्ने
काठमाडौँ – संसद बाहिर रहेका ठूला चार पार्टीहरुले पार्टी एकता गर्ने भएका छन् । विप्लव नेतृत्वको नेकपा, आहुती नेतृत्वको वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी, ऋषि कट्टेलको नेपाल कम्युनिस्ट पार्टी र सुसिल नेतृत्वको नेकपा माओवादी समाजवादीले पार्टी एकता गर्ने भएका हुन् ।
क्रान्तिकारी कम्युनिस्टहरुबीचको पार्टी एकताको लक्ष्य सहित गठन भएको रणनैतिक संयुक्त मोर्चामा आवद्ध चार पार्टीहरुले एमसीसी, एसपीपी, महङ्गी र नेकपासँग भएको तीन बुँदे सहमतिलाई कार्यान्वयनका लागि जनसङ्घर्स गर्दै पार्टी एकतामा बदल्ने उद्घोष गरेका छन् । काठमाडौ स्थिति प्रज्ञा भवनमा बुधबार आयोजित ‘एमसीसी, एसपीपी, चर्को महङ्गी र नेकपासँगको तीन बुदे सहमति विषयक’ सयुक्त अन्तक्रिया कार्यक्रममा चार पार्टीको तर्फबाट मन्तव्य राख्ने वक्ताहरूले पार्टी एकता गर्ने बताएका हुन् ।
मुलुकमा बढ्दै गएको महङ्गी, भ्रष्टचार र विदेशी हस्तक्षेप विरुद्ध र जनजिविकाको सवालमा सडक संघर्ष गर्दै आएका चार सम्मिलित रणनैतिक मोर्चाले आयोजना गरेको अन्तरक्रिया कार्यक्रमा बोल्दै नेपाल कम्युनिस्ट पार्टी केन्द्रीय सचिवालय सदस्य सन्तोष बुढामगर (विषम)ले चार दल पूर्व सहकार्यलार्इ निरन्तरता दिदै यो सहकार्यलाई पार्टी एकतामा बदल्ने बताए ।
‘साझा वर्ग दुश्मन विरुद्द, दलाल पुजीवादी राज्यसता विरुद्ध क्रान्तिकारीहरु गोलबद्द हुनु अहिलेको आबश्यकता हो।’, सम्बोधन गर्दै उनले भने, ‘तर यो विचमा क्रान्तिकारीहरु बिच टुटफुट र विभाजन त भैरहेकै थियो तर रणनैतिक मोर्चामा रहेको एक दल पनि अलग हुन पुगेको छ, निश्चिय नै यसले राम्रो सन्देश र्दिएको छैन् ।’
अहिलेको पुजिवाद्को चरित्र र समाजवादी आन्दोलनको चरित्रबारे व्याख्या गर्दै फेरि सचिवालय सदस्य बुढाले भने, ‘अहिलेको बिश्वमा पुजिवाद र समाजवादी दुई प्रणाली र दुई वर्ग विचको लडाई भैरहेको छ । पुँजीवादले तेस्रो विश्वका उत्पीडित देशहरुको अर्थतन्त्र लुट्न हिजोको भन्दा फरक शैलिको विकास गरेको छ। उसले मार्क्सवादी र पुजीवादी द्वैत दर्शनको प्रयोग गरिपनी रहेको छ। उनीहरुको दर्शन भनेको एकता संघर्ष र फेरि भागवण्डामा एकता गर्ने दर्शन बन्न गएको छ । अहिलेको विश्वमा कम्युनिस्ट व्यवस्था रक्षात्मक जस्तो देखिएको भए पनि चीन, क्युवा, कोरिया लगायतका समाजवादी देशहरुलाई अमेरिकाले चुनौतिको रुपमा लिएको छ। यस चुनौतीलाई सामना गर्न सबभन्दा पहिला चिनलाई टुक्राउने उसको योजना छ र त्यसैका लागि नेपालमा एमसीसी, एसपीपी कार्यान्वयन गर्न खोजियो । एसिया र विशेषत दक्षिण एसियामा प्रभाव जमाउन तथा चीनलाई घेरा हाल्न एमसीसी र यसपीपी ल्याइएको हो । यसको फेरिपपनि मुख्य उद्येश्य समाजवाद र कम्युनिस्टहरुलाई दमन गर्ने नै हो।’
मन्तव्यका क्रममा उनले भने, ‘डोनाल्ड लु नेपालमा आउनु र यहाँका दलालहरुले हाम्रा विरुद्ध पक्राउ पुर्जी जारी गर्नु भनेको बाघ कराउनु र बाख्रो हराउनुको संयोग जुर्नु जस्तै हो । यदि तीन वुदेलाई कार्यान्वयन नगरी दमन गर्ने नीति लिइएमा जनताको बिचबाट शसक्त प्रतिरोध गरिने छ।’
अन्तरक्रिया कार्यक्रममा मुलुकको समसामयिक राजनीति र आर्थिक संकट र तीन बुदेको कार्यान्वयन हुनु पर्ने भन्दै ऋषि कट्टेल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी उपाध्यक्ष आर वि भण्डारीले, ‘जनतालाई उल्लु बनाउनका लागि एमसीसी पास गर्ने बेला तथाकथित व्याख्यात्मक घोषण र संकल्प प्रस्तावको एकपक्षीय नाटक मञ्चन गरियो।एमसीसी र एसपीपी आएपछि नेपाली अनुहारका देशद्रोही को को छ्न ? भन्ने कुरा जनताले चुन्ने अवसर पाए।’
‘गाउँ घरमा उत्पादनशिल पुजी र श्रम छैन् । मेनपावर कम्पनी खोलेर राज्यले नागरिक वेच्ने नीति लिएको छ।यसले नै देशमा आर्थिक संकट पैदा गरेको छ। परिवर्तन र क्रान्तिका लागि आवश्यक परेछ भने हतियारवद्द हुने बेला आउन सक्छ । तीन बुदेको पालना र कार्यान्वयन गर्नुको सट्टा पक्राउ पुर्जी जारी गर्ने भनेको नागरिकलाई युद्दमा जान बाध्य पार्ने दुस्प्रयास हो । वस्तु तथा सेवा र उपभोक्त विच सिधा सम्बन्ध हुने हो र उत्पादित वस्तुको स्वदेशमा नै खपत हुने हो भने महङ्गी घट्छ तर राज्य दलाल र दलाल पुजिपतिको पक्षधर भयो।महङ्गीबाट पार पाउन रास्ट्रीय पुजिको प्रवर्द्धन गर्ने राज्य हुनुपर्छ।त्यो विना महङ्गी घटाउन असम्भव छ । तीन वुदे उल्लंघन गरेर सरकारले मुडभेटको स्थिति बनाउन खोज्दै छ।यदि पुनः प्रतिबन्ध लगाउने सरकारको तयारी हो भने हामी पनि लडाइका लागि तयार हुनुपर्ने हुन्छ।सरकार पनि तयार भएर बस्दा हुन्छ।’ उनले भने ।
त्यस्तै नेपाल कम्युनिस्ट पार्टी माओवादी समाजवादीका संयोजक कर्णजित बुढाथोकी (सुसिल)ले समयले नयाँ गठन, पुनर्गठन र विघटनको पनि माग गरेको बताए । ‘केहिदिन अघि प्रचण्डले देउवालाई तपाईं पहिलो हुनुहोस् तर हामीलाई दोस्रो बनाउने कि नबनाउने भनेर घृणित अभिव्यक्ति दिनु भो । यसले संसदवादीहरुको तल्लो स्तरको संस्कृतिको अभिव्यक्ति गर्छ।’ बुढाथोकीले भने ।
मन्तव्य राख्दै सुसिलले अगाडी भने, ‘युक्रेन पछि ताइवान र नेपाल अमेरिकी साम्राज्यवादको निशानामा छन । आजको नेपालमा राष्ट्रियताको सवाल निकै जटिल बन्दै छ, यसबिरुद्ध कसरी जुझ्ने भन्ने बारे हामी चार दल एक ठाउँमा छौ। देशमा आर्थिक संकट आउदै छ यसको मुख्य कारण अहिलेको सत्ता र शासकको चरित्र हो । नेपाल कम्युनिस्ट पार्टी र सरकारबीच भएको तीन बुदे सहमति राज्यले कार्यान्वयन गरेको छैन । यसले उनीहरु देशमा हत्या हिंसा गराएर शासकीय संकटलार्इ पार लगाउन खोज्दैछन भन्ने कुरा देखियो । फेरि देशलाई युद्दमा धकेलिन्छ भने यसको जिम्मा काङ्ग्रेस र देउवाले लिनुपर्छ । हामी नेपालमा युद्द चाहान्नौ, यदि युद्द भैहालेमा हामी जनयुद्ध होउन राष्ट्रिय प्रतिरोध युद्दमा जानेछौ।हामी रणनैतिक मोर्चालाई अब पार्टी एकताको स्तरमा विकास गर्न चाहान्छौ । हामीले चुनाव प्रयोग गर्ने भए पनि, वहिस्कार गर्ने भए पनि एउटै कार्यनीतिमा जानू पर्छ।’
आजको साम्राज्यवादको पछिल्लो चरित्र, विशेषत अमेरिकी साम्राज्यवादको बिगत तर्फ कोट्याउदै वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी, नेपालका प्रवक्ता जागृत रायमाझीले भने, ‘हामीलाई विगत ८० वर्ष देखिको इतिहास थाहा छ । यसविचमा अमेरिका जहाँ जहाँ जान्छ, उसले त्यहाँका प्राकृतिक सम्पदाहरु र देशहरुलाई ध्वस्त पार्दै आएको छ । जब अमेरिका नेपालमा आउदैछ तब हामीले हाम्रो पानी र हाम्रो विजुलीबारे निर्णय गर्न पाउने छैनौँ । भारत चीन वा अन्य कुनै देशले हाम्रा विरुद्द कुनै काम गरेका छन् वा छैनन् त्यो पनि बहस गरौला तर अमेरिकी साम्राज्यवादको विरुद्ध उसको हाकाहाकी दमनका विरुद्ध चीन उभियको सहि हो, चिनलाइ घेर्न अमेरिका एमसीसी, एसपीपी जस्ता कार्यक्रम लिएर आएको छ।’
एक फरक प्रसङ्ग कोट्याउदै रायमाझीले भने, ‘नेपाको इतिहासमा राजालाई राष्ट्रवादी भनेर व्याख्या गरिन्छ तर यो बुझाइ गलत छ । यो देशमा गोर्खा भर्ती केन्द्र राखेर राज गर्ने राजा कसरी देशभक्त भन्न मिल्छ ? कोशी, गण्डकी र कालापनीमा सेना राख्न दिने पनि राजाहरु नै थिए । यो विषय पनि नेपालका क्रान्तिकारी कम्युनिस्टहरुले बहस गर्नु पर्ने मुद्दा हो । हाम्रो देशको बार्षिक वजेटभन्दा बढी हाम्रो व्यापार घाटा छ । दलाल पुजिवाद वास्तवमा पुजिबाद नै होइन, पुजिवादले त कमसेकम बस्तु र सेवाहरुको उत्पाद्न गर्न खोज्छ । त्यसो भएको खोइ ? यो दलाल पुजिवादका मतियार काङ्ग्रेस एमाले र माओवादी हुन । यिनिहरुले चलायको यो देशको सरकार असनको व्यापारी जस्तो छ।अन्तराष्ट्रिय बजारमा तेलको मुल्य घटेको छ, स्वचालित प्रणाली अनुसार यहाँ तेलको मूल्य घटेको छैन । ६० को दशक पछि संसारभरी कहिपनि क्रान्तिको विजय भएको छैन।हामीले सफल हुनै नसक्ने क्रान्ती नगरौ भन्ने हाम्रो भनाइ छ । केहिदिन अघि एक कार्यक्रममा कमरेड विप्लवले अदालत र न्यायाधीशहरुका विषयमा आलोचना गर्नु भएको थियो, सायद त्यो भएर न्यायलयले पुर्जी काटेको हो भने यो गलत छ।’
‘कमरेड किरण ! तपाइँ नेपालको कम्युनिस्ट आन्दोलनको इतिहासको महत्त्वपूर्ण व्यक्ति हो, तपाइको बचेखुचेको साख नगुमाउनु होस् ।म अनुरोध गर्छु आउनुहोस् अब रणनीतिक मोर्चालाई चार दलबाट ६दलमा लैजाउ ।’ उनले भने ।
नेकपाकी केन्द्रीय सदस्य सावित्रा दुरा (आस्था)ले आफ्नो मन्तव्यका क्रममा ५ दलिय गठबन्धनले मिलेर देश खाएको आरोप लगाइन् । ‘हामीले त्यसको विरिध गरेपछि महासचिव विप्लव र अन्य कार्यकर्ता विरुद्ध ललितपुर अदालतद्वारा पुर्जी काटिएको छ।’, उनले आडि भनिन्, ‘यो देशभक्तहरु विरुद्दको संकेत हो । हामी यसको घोर भत्सर्ना गर्छौं भन्दै बिरोध जनाइन्।
अन्तर्किया कार्यक्रममा नेपाल कम्युनिस्ट पार्टी माओवादी समाजवादीका उपाध्यक्ष लिला थापाले मन्तव्यद्वारा स्वागत गरेका थिए भने कार्यक्रमको सञ्चालन नेकपा केन्द्रीय कार्यालय सचिव चिरञ्जीवी ढकालले गरेका थिए।