अमेरिकाको निर्देशनमा विप्लव विरुद्ध पक्राउ पुर्जी जारी भयो : सुमनसिंह

बिहिबार, १९ साउन २०७९

इलाम – नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य तथा इलाम जिल्ला इन्चार्ज सुमन सिंहले अमेरिकाको निर्देशनमा पार्टी महासचिव विप्लवसहितका नेताहरुलाई पक्राउ पुर्जी जारी भएको बताएका छन् । महासचिव विप्लव, प्रवक्ता प्रकाण्ड लगायत नेता कार्यकर्ता बिरुद्ध अदालतले पक्राउ पुर्जी जारी गरेको बिरोधमा इलाम सदरमुकाममा मशाल जुलुस पछि आयोजित कोषसभालाई सम्बोधन गर्दै नेता सिंहले यस्तो कुरा बताएका हुन् ।

सरकारले तीन बुंदेको मर्ममा राज्य इमानदार नहुने हो भने जनताको तर्फबाट पनि पक्राउ पुर्जी जारी गर्ने चेतावनी दिएका छन । उनले पक्राउ पुर्जी खारेज नगरे जनताले पनि दलालहरु बिरुद्ध पक्राउपुर्जी जारी गर्ने, पक्राउ गरे दलालहरुलाई पनि पक्राउ गरि जनताको जेलमा थुन्ने, गोली दागे त्यसको प्रतिबाद पनि त्यसरी नै गर्ने बताए ।

उनले महासचिव बिरुद्धको पक्राउ पुर्जी अमेरिक निर्देशनमा यंहाका कठपुतली दलालहरुले जारी गरेको बताए । कोणसभामा बोल्दै सिंहले युक्रेन युद्धमा रसिया लाई तानेर ताईवानमा युद्ध सुरु गर्न खोजेको र सोही अनुसार एमसिसीको आर्थिक प्रलोभन र दबाबमा पारेर नेपालमा चिन बिरुद्ध नेपालमा युद्धलाई स्थापित गर्न खोजेको आरोप लगाए ।

उनले एमसिसी बिरुद्ध कडा रुपमा नेपाल का क्रान्तिकारिहरु उभिएको हुनाले यहि शक्ति बिरुद्ध षड्यन्त्र गर्दै युद्ध निम्त्याउन र चिनलाई युद्धमा तान्न खोजेको बताए ।

सुमनसिंहले सबै देशभक्त, क्रान्तिकारी र सच्चा लोकतन्त्रबादिहरुलाई रास्ट्रघात र जनघातका बिरुद्ध उभिन आव्हान गरे । पानी झरिमा रुझ्दै प्रदर्शनमा उत्रीएका नेकपा कार्यकर्तालाई घेर्न कार्यक्रम स्थलमा प्रहरिको ठूलो संख्या आएको थियो ।